२०८२ असार ६ गते शनिवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिना भित्र १० डायलाइसिस मेसिन सञ्चालनमा आउने

दाङ,भदौ २ । स्वास्थ्य मन्त्रालये दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको १० वटा डायलाइसिस मेसिनको जडान काम सुरु भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले मन्त्रालयले पठाएको डायलाइसिस मेसिन अस्पतालमा आइपुगेको र जडान गर्नका लागि आवश्यक पर्ने अन्य सामाग्रीहरु खरीद गर्नुपर्ने भएकाले टेण्डर निकालि सकेको बताए ।

डायलाइसिस मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने आरोको खरीद गर्न टेण्डर हुनुका साथै आरो राख्ने भवन पनि बनाउने कार्य जारी रहेकाले अवको एक महीनाभित्र सो सेवा सञ्चालनमा आउने रजिष्ट्रार थापाले जानकारी दिए ।

मन्त्रालयले गएको साउन १३ गते प्रतिष्ठानमा १० वटा र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आठ गरी १८ डायलाइसिस मेसिन पठाएको हो ।

हाल प्रतिष्ठानमा पाँच वटा डायलाइसिस मेसिनबाट दुई सिफ्ट गरेर २५ जना बिरामीले सेवा लिइरहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए ।

नयाँ १० मेसिन जडान भए त्यस क्षेत्रका सबै मिर्गौलारोगीले डायलाइसिस सेवा पाउने भट्टराइले बताए । उनका अनुसार हाल ४० बिरामी डायलाइसिसको पालो कुरिरहेका छन् ।

नयाँ मेसिन जडान भएमा प्रतिष्ठानमा २४ सैं घण्टा मृगौला पिडित विरामिले डायलाइसिस मेसिनवाट सेवा पाउने प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्य राज्य मन्त्रि हिराचन्द्र केसिको पहल तथा प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछाने र रजिष्ट्रार थापाको समन्वयमा डायलाइसिस मेसिन प्रतिष्ठानमा थपिएका हुन् ।

त्यस्तै राप्ती प्रादेशिक अस्पतालकी डायलाइसिस प्रमुख लिना बडेलले हाल प्रादेशिक अस्पतालमा पाँच मेसिनबाट २३ जना बिरामीले डायलाइसिस सेवा लिइरहेको बताइन् ।

नयाँ आठ मेसिन जडान भए ६० जनासम्मले सेवा पाउने बडेलले बताइन् ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *