२०८२ जेष्ठ ३० गते शुक्रवार

प्रतिष्ठानमा साउनमा २ सय ८३ निशुल्क डेलिभरी

घोराही, साउन ३१ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन महिनामा एक सय बढी महीलाले निशुल्क प्रसुति सेवा पाएका छन ।

प्रतिष्ठानले बैशाख १ गतेदेखी निशुल्क प्रसुती सेवा सुरु गरेको थियो । बैशाखमा १ सय २८ जना नर्मल डेलिभरी, ६८ जनाले जटिल प्रकृतिको प्रसुति सेवा लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

त्यस्तै जेठमा १ सय ४० जनाले नर्मल, ९४ जनाले जटिल किसिमको प्रसुति सेवा लिएका थिए ।

असारमा एक सय ५४ जनाले नर्मल, एक सय जनाले जटिल, साउनमा एक सय ६६ जना नर्मल र १ सय १७ जनाले जटिल प्रकृतिको प्रसुति सेवा पाएको प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले जानकारी दिए ।

अस्पतालमा वितेको ४ महिनामा सामान्य र जटिल गरेर नौं सय बढी महिलाले निशुल्क प्रसुती सेवा पाएको जानकारी दिए ।

ती मध्य ५ सय ८८ जना महिलाको नर्मल डेलिभरी र ३ सय ७९ जना महिलाले जटिल प्रकृतीको प्रसुति सेवा पाएका छन् ।

दैनिक ६ देखी १२ जनाको सर्जरी डेलिभरी हुँदै आएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा प्रसुति रोग विशेषज्ञ डा. वसन्त लामिछानेले बताए ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *