२०८० चैत्र १६ गते शुक्रवार

यसरी ३० बर्षीय डिल्लीबहादुर डाँगी फेरि बिदेश जान पाए…

तुलसीपुर, साउन २७ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर चारबगिया निवासी ३० बर्षीय डिल्लीबहादुर डाँगी बैदेसिक रोजगारीको क्रममा बिदेशमा झन्डै ५ बर्ष बिताएर फर्किएका ब्यक्ति हुन ।

करिब ४– ५ बर्ष कतारमा बसेका उनलाई कमाई चित्त बुझ्दो लागेन । अनि उनी उनी स्वदेश फर्किए । आएको केही समय पछि उन्ले फेरि अर्को देश मलेसियाको सेकुरीटी गार्डको लागि अप्लाई गर्छन ।

भिजाको पर्खाईमा बसेका डाँगीको दूई महिना अघि आँखामा एक्कासी समस्या देखा पर्छ । उनी राप्ती आँखा अस्पतालमा उपचारका लागि आउछन । उनमा आँखा नदेखिने समस्या उत्पन्न भएको थियो । रेटिना विशेषज्ञ डा . सन्तोष सुबेदीलाई आँखा देखाउछन । उनको आँखाको पर्दा अगाडि रगत जमेको तथ्य डा. सुवेदीले बताइदिए ।

त्यो रगत भिट्रेकटोमी मेशिनद्धारा अप्रेशन गर्नु पर्ने डा. सुबेदीले विरामी डाँगीलाई जानकारी दिए । त्यतिबेलामा आँखाको पर्दाको अप्रेशन गर्ने मेशिन राप्ती आँखा अस्पतालमा उपलब्ध थिएन । अप्रेशन मेशिन खरिद प्रक्रियामा रहेकोले अस्पतालमा मेशिन नहुदा डाँगीलाई उपचारको लागि जिल्ला बाहिर डा. सुबेदीले पठाउँछन ।


डाँगी भैरहवा आँखा अस्पतालमा उपचारको लागि पुग्छन् । त्यहाँ एक महिना पछि अप्रेशनको पालो आउने जानकारी पाउँछन् ।
त्यसपछि उनी काठमाण्डौंस्थित तिल गंगा आँखा उपचार केन्द्रमा पुग्छन् । त्यहाँ आँखाको उपचारमा लेजर गरेरे हेरिन्छ । आँखा शुन्यको कारणले अप्रेशन गर्न नमिले पछि उनलाई घर फर्किन बाध्य हुन्छन् ।

त्यसको एक महिना पछि डाँगीलाई फलोअपको लागि काठमाण्डौं बोलाइन्छ । एक महिना पछि फेरि काठमाण्डौं जान्छन ।
काठमाण्डौमा जादा त्यहाँ डाक्टरले राप्ती आँखा अस्पतालमा आँखाको पर्दाको अप्रेशन गर्ने मेशिन आई सकेको कुरा विरामीलाई जानकारी गराउँदछन ।

दोस्रो फलोअपको लागि राप्ती आँखा अस्पतालमा रेटिना सर्जन डा. सन्तोषलाई देखाउन सल्लाह दिन्छन् । करिब एक महिनाको अन्तर पछि डाँगीले राप्ती आँखा अस्पतालमा भिट्रेकटोमी मेसिन आएकोले आँखाको पर्दा अगाडि जमेको रगतको अप्रेशनका साथै पर्दाको लेजरको उपचार दाङमा नै गराउने अबसर पाएका हुन ।

डाँगीको अप्रेशन डा. सुबेदीले नेत्र सहायक बालिका श्रीपाईलीको सहयोमा गरेका थिए । आँखाकै समस्याका कारण फेरि अब कमाई गर्न विदेश जान पाईदैनकी भन्ने चिन्ता डाँगीलाई थियो ।

तर, अप्रेसन पछि डाँगी पहिले जस्तै भए पछि ज्यादै खुसी छन् । उनको मलेसियाको भिजा आइसकेको थियो । राप्ती आँखा अस्पतालमा भिट्रेकटोमी मेसिन आएकोले आँखाको पर्दा अगाडि जमेको रगतको अप्रेशनका साथै पर्दाको लेजरको उपचार दाङमा नै गराउने अबसर पाएकोमा उनी जस्ता आज धेरै मासिनहरु खुसी छन् ।

मेरो गुमेको आँखाको ज्योति र अन्धकार जीवनलाई पुनः आँखा देख्ने बनाइ पहिले जस्तै बनाइदिने डाक्टरलाई उनले धन्यबाद ज्ञापन गर्छन ।

‘ आज मैले उज्यालो संन्सार देख्न पाएको छु । मेरो खुशीको सीमा छैन मेरो दुःखी मनलाई खुशी बनाइ दिन भूमिका खेल्ने अस्पतालका डा.सन्तोष सुबेदीको अप्रेशन टिमलाई धैरै भन्दा धैरै धन्यवाद दिनचाहन्छु,’ डाँगीले भने ‘केहि दिनदेखि म आँखाको कारणले तनाबमा थिए ।

सो तनाबबाठ मुक्त भएको छु । मेरो विदेस जाने सपना पुरा भएको छ । म ज्यादै हर्षिति छु ।’

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *