२०८२ असार १ गते सोमवार

२४ घण्टामा ७ सय ८१ जनामा सङ्क्रमण पुष्टि,२ जनाको ज्यान गयो

काठमाण्डौ,साउन २७ । पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १२ जनाको नमुना परीक्षण गर्दा सात सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार सात सय ७५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *