
तुलसीपुर, जेठ ६। तुलसीपुर उपमहागनरपालिकाको केन्द्र भागमा पर्ने वडा नं. ५ को अध्यक्षमा नेपाली काँग्रेसका बीरेन्द्रकुमार शाह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । यो जित संगै तुलसीपुरमा काँग्रेसको लागि जितको खाता खोल्ने अबसरपनि शाहले नै पाएका छन् ।
शुक्रबार बिहान सार्वजनिक मतपरिनाम अनुसार अध्यक्षमा निर्वाचित शाहले १७१५ मत प्राप्त गरेका हुन । यहाँ नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार पदमप्रशाद पोखरेलले १०२१ मत मात्रै प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित शाहले एमालेका पोखरेललाई ६९४ मतान्तरले पराजित गरेका हुन ।
पोखरेलेले आफ्नो चुनाबी अभियानका क्रममा तुलसीपुरका चोकहरुमा आँकाशेपुल निर्माण गर्ने, बिद्युत तारहरु भूमिगत गर्ने लगाएतका आश्वासन बाँडेपनि त्यसलाई मतदाताले पत्याएको देखिएन ।वडाध्यक्षमा निर्वाचित शाह सरल स्वभावका शालिन ब्यक्तिका रुपमा परिचित छन ।
यहाँ खुल्ला सदस्यमा नेपाली काँग्रेसका भिमबहादुर केसी १२९५ मत प्राप्त गरि निर्वाचित भएका छन् । त्यस्तै अर्कौ खुल्ला सदस्यमा एमालेका युवराज नेपाली ९१९ मत प्राप्त गरि बिजयी भए । दलित महिला सदस्यमा नेपाली काँग्रेसकी मधुमती सुनार १३१० मतका साथ निर्वाचित भइन ।
त्यस्तै यो वडामा नेकपा एमालेकी लालमति भण्डारीले १००४ मत प्राप्त गरि महिला सदस्यमा निर्वाचित भएकी छिन् ।