बाँके, जेठ १ । बाँकेका ८१ वडा मध्य आइतबार बेलुकासम्म १४ वडाको मत परिणाम सार्वजनिक भएको छ ।
प्राप्त मत परिणाम अनुसार नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले समान २ ÷ २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ वडामा जित हासिल गरेका छन् ।
प्राप्त मतपरिणाम अनुसार नेपालगन्ज उपमहानगरपालिका– १ मा एमालेका प्रमोद रिजाल, नेपालगन्ज – २ मा राप्रपाका मनोज श्रेष्ठ, नेपालगन्ज २२ मा जनता जसपाका अब्दुल गफ्फार हलवाई, नेपालगन्ज २३ मा कांग्रेसका जबर अलि बेहना निर्वाचित भएका छन ।
त्यस्तै कोहलपुर नगरपालिका – १ मा माओवादीका बद्रिप्रसाद जैसी, कोहलपुर–१५ मा कांग्रेसका दिपेन्द्रकुमार थारु वडाअध्यक्षमा निर्वाचित भएका छन ।
त्यस्तै जानकी गाउँपालिका – १ मा जसपाका मोहम्मद रजा राई, राप्ती सोनारी गाउँपालिका – १ मा एमालेका यमबहादुर खड्का, राप्ती सोनारी– २ मा एमालेका ज्ञानेन्द्रराज ओली, राप्ती सोनारी – ३ मा एमालेका मिनकुमार थारु निर्वाचित भएका छन् ।
त्यस्तै खुजुरा गाउँपालिका – १ मा कांग्रेसका मनबिर खत्री, खजुरा – २ मा माओवादीका धनिराम ओली, डुडुवा गाउँपालिका – १ मा कांग्रेसका पटेश्वरी कुर्मी र बैजनाथ गाउँपालिका – १ मा एमालेका रुपबहादुर मल्ल निर्वाचित भएका छन ।