२०८१ मङ्सिर २९ गते शनिवार

तुलसीपुरमा गठवन्धनको संयुक्त प्रशिक्षण कार्यक्रम

गणतन्त्र ल्याउन र राजतन्त्र फाल्नै असहमत थिए केपी ओली : महरा

तुलसीपुर, बैसाख १७ । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पुर्वसभामुख कृष्णवहादुर महराले नेकपा एमालेका अध्यक्ष केपी ओली राजतन्त्र फाल्न र गणतन्त्र स्थापना गर्ने सवालमै असहमत भएको बताएका छन ।

नयां संविधान जारीगर्नु अघि सिंहदरवारको एउटा कोठामा भएको छलफलमा ओलीले संविधानमा गणतन्त्र राख्ने र राजतन्त्र हटाउने सन्दर्भमै असहमति जनाएर वाहिरिएको महराले रहस्य खोले । ‘नयां संविधान जारी हुनु अघिदेखि नै ओली गणतन्त्रप्रति असन्तुष्ट थिए,’ महराले भने ‘अहिले पनि ओलीको दिलमा राजतन्त्रको बास छ ।’

त्यही भएर ओलीले राष्ट्रियतालाई नै खतरातर्फ मोड्ने अभ्यास गरिरहेको महराले आरोप लगाए ।

गठवन्धन दलद्धारा शनिबार तुलसीपुरमा आयोजित प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्वोधनगर्दै महराले वाह्रबुदे संझौता नेपाली कांग्रेस र माओवादीबीच भएको उल्लेख गरे । माओवादीले त्यसवेला राखेको गण्तन्त्रको प्रस्तावलाई कांग्रेसले सहर्ष स्वीकार गरेको पनि महराले बताए ।

गठवन्धन कसैको व्यक्तिगत इच्छा नभएर देशको राष्ट्रियता नै खतरामा पर्न थालेपछि भएको उनले बताए ।

साथै उनले यो राष्ट्रियताका सवालमा नितान्त आवस्यक भएको भन्दै सानामतिना असहमतीलाई थाँति राखेर गठवन्धनका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरे ।

एक अर्कौ प्रसंगमा महराले तुलसीपुर उपमहानगरपालिकाले घोराहीको भन्दा बढी कर उठाइरहेको आफुले सुनेको भन्दै आगामी नेतृत्वले त्यसलाइ करेक्शन गर्नपनि सुझाव दिए । आफु जुन निर्वाचन क्षेत्रको भएपनि समग्र दाङको समृद्धिमा लागिरहने बताए । ‘जुनवेला दिपकजी सिंचाइ मन्त्री हुनुहुन्थ्यो, त्योवेला म अर्थमन्त्री थिएं, हाम्रो सामुहिक प्रयासले यहां बृहत दाङ सिचाइ आयोजना संभव भयो,’ महराले भने ‘ अबपनि हामी मिलेरै काम गर्ने छौं ।’

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले केपी ओलीको अतिवादले लोकतन्त्रलाइ नै समाप्त पार्न थालेका कारण गठवन्धन आवस्यक भएको बताए । ‘केपी ओलि आफ्नै पार्टीको विधान नमान्ने र संविधान नै नमान्ने नेता हुन,’ गिरीले भने ‘उनको अधिनायकवादलाइ समाप्त पार्नका लागि गठवन्धन नितान्त आवस्यक थियो ।’

केपी ओली नेतृत्वको सरकारले केन्द्रमा भताभुंग बनाएजस्तै तुलसीपुर उपमहानगरपालिकामा घनश्याम पाण्डे नेतृत्वको टिमले उपमहानगरलाई अन्धकारमय बनाएको गिरीले आरोप लगाए ।


‘स्मार्ट सिटीका नाममा ववई किनारामा बीच भलिवल खेलाएर नौटंकी गर्ने मेयरको यतिखेर पर्दाफास भइसकेको छ,’ उनले भने ‘यो सवै नगरबासीले छर्लङ अनुभुति गरिसकेका छन । धेरै भनिराख्नु पर्छ जस्तौ लाग्दैन ।’

नगरप्रमुख पाण्डेको पटक पटकको विदेश भ्रमणलाई चार लेनको ठेक्का हत्याउनका लागि रहेको उनले बताए ।

‘पटक पटक विदेश गैरहनुको एउटै कारण तुलसीपुर – घोराही चारलेन सडकको ठेक्का हडप्न थियो,’ गिरीले भने ‘ जुन अहिले सवै प्रमाणित समेत भैसकेको छ ।’

राष्ट्रियता र संविधानको रक्षाका सवालमा धेरै विस्मृतिहरुलाई थाति राखेर गठवन्धनका उम्मेदवारलाइ तोकिएको चिन्हमा मतदान गर्न पनि उनले सवै नगरबासीलाइ आग्रह गरे ।

गठवन्धन सत्ता प्राप्तिका लागि नभएर राष्ट्रियताको रक्षा र संविधानको रक्षाका लागि भएको पनि उनले बताए ।

साथै आफु छोटो समय सिचाइ मन्त्री हुंदा पनि दाङको समृद्धिका लागि बृहत दाङ सिंचाइ आयोजना ल्याएको चर्चा गरे ।
कार्यक्रममा सांसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिराचन्द्र केसीले तुलसीपुर उपमहानगरपालिकाले चार बर्षको अवधिमा उल्लेखनिय कुनै काम गर्न नसकेको बताए ।

पाँच बर्षको समिक्षा गरेर मात्रै मतदान गर्न उनको आग्रह थियो ।

सानातिना असहमतिलाई थाँति राखेर गठवनधनका पक्षमा लाग्न र मतदान गर्न उनले सवैलाइ आग्रह गरे ।

राष्ट्रिय जनमोर्चाका नेता भरत भण्डारीले फासिष्ट तानासाही प्रबृत्तिको उदय रोक्न गठवन्धन आवस्यक भएको बताए । उनले गठबन्धनका सवै उम्मेदवारलाइ साझा उम्मेदवारका रुपमा लिन पनि आग्रह गरे । ‘ यो चनुाबपनि एउटा संघर्षको रुप हो,’ उनले भने ‘चुनाव चिन्हका पछि नलाग्नुस, जव प्रजातन्त्र नै रहेन भने रुख, गिलास र हसिँया हथौडा पनि रहने छैनन । त्यसैले प्रजातन्त्रको रक्षाका लागि गठवन्धनका उम्मेदवारलाई विजयी बनाउनुस ।’

उनले घनश्याम पाण्डेको स्मार्ट सिटीको फेसबुके स्ट्याटसलाई व्यगगर्दै स्मार्ट तुलसीपुर हेर्न विरेन्द्र चोक काफी रहेको बताए ।

कार्यक्रममा मेयरका उम्मेदवार तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले गठवन्धन आफुहरुको रहर नभएको बताउंदै मुलुकमा प्रतिगमनको उदय रोक्नका लागि भएको स्पष्ट पारे । ‘गठवन्धनका कारण योग्य र सक्षम व्यक्तिले पनि टिकट पाउनु भएको छैन र टिकट नपाउनु एक दिनको पिडा हो,’ उनले भने ‘तर प्रतिगमनलाई स्थानीय सरकारमा ल्याउनु पाँच बर्षको ज्यादती सहनु हो ।’

उनले सानातिना असन्तुष्टिलाई थाति राखेर राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि गठवन्धनका उम्मेदवारलाइ मतदान गर्न आग्रह गरे ।

त्यस्तै उपमेयरका उम्मेदवार जोगवहादुर रानाले आफुले बोल्ने भन्दा बढी काम गरेर देखाउने बताए । ‘हामीले घनश्याम पाण्डे नेतृत्वले गरेको तुलसीपुरको विकाश स्पष्ट देखिसकेका छौं,’ उनले भने ‘ हात्ती खौवा प्रवेशद्धार र वीरेन्द्र चोकका खाडलले नै स्मार्ट सिटी कस्तो रहेछ भन्ने सवैलाइ देखाइसकेको छ ।’

गठवन्धन दल निर्वाचन परिचालन समितिका संयोजक महादेव शाहको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख उपप्रमुखसहित १९ वटै वडाका अध्यक्ष र सदस्यका प्रत्यासीहरुको परिचय गराइएको थियो ।

नेकपा माओवादी केन्द्रका नेता शेशुराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा समाजवादी नेता अमित शर्माले गरेका थिए ।

सो अवसरमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा (अपार), पुर्व सांसद अनारकली मिया, विजुल विश्वकर्मा, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, प्रदेशसभा सदस्य शंकर गिरी, नेता केशव आचार्य, कांग्रेस नगर सभापति शुरेश हमाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *