२०८३ असोज ३० गते शुक्रवार

नेपालगंजमा कारको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु

दाङ, चैत २८ । बाँकेमा कारले ठक्करबाट तीन जना पैदल यात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद न्यौंपानेले मृतक नेपालगंज उपमहानगरपालिका वडा नं. ११ सोनारी मण्डीकी ६५ बर्षीया समिना इद्रिसी, ५ बर्षीय कलिम इद्रिसी र ५ बर्षकै अली अन्सारी रहेका छन् । समिना र कलिम हजुर आमा र नाति हुन भने अली छिमेकीका छोरा हुन ।

उनीहरुलाई आइतबार राति पौने १२ बजेतिर नेपालगंजको बिपी चोक नजिकै प्रदेश ३०१२३ च ८४८१ नम्करको कारले ठक्कर दिएको थियो । लगतै कार चालकले घाइतेलाई आँफैले कारमा राखेर अस्पताल पु¥याएपनि तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मुस्लिम समुदायको चाड रोजा चलिरहेको हुँदा उनीहरु पार्थनाका लागि गएको हुनुपर्ने प्रहरीको अनुमान छ ।

कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले चालकले मापसे गरेको पुष्टि मेडिकल रिपोर्ट बाट भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *