२०८२ बैशाख ३० गते सोमवार

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

चैत १९ । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दुई हजार ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १० जना र एक हजार २७७ एन्टिजेन परीक्षणमा एक जना गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ ।

संक्रमितमध्ये ९०२ जना होम आइसोलेसनमा र ४० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका ३ जना रहेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *