चैत १८ । देशका केही ठाउँमा आज साझतिर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश एक, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एक र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । अझै दुई तीन दिन मौसम सुधार नहुने महाशाखाले जनाएको छ ।
प्रदूषण हट्ने गरी ठूलो पानी पर्न नसकेको र तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
