दाङ, चैत १७ । ट्वाइलेटको जाली च्यातेर भागेका एक जना कैदी बन्दी आधा घन्टा भित्रै पक्राउ परेका छन् ।
जुम्लाका ३८ बर्षीय हरिमान कामी बिहीबार बिहान भेरी अस्पताल नेपालगंजको ट्वाइलेटबाट भागेका थिए ।
जबरजस्ती करणी र ठगी मुद्दामा पूर्पपक्षका लागि थुनामा पठाइएका कामी बिरामी भएपछि प्रहरीले बिहीबार बिहान उनलाई उपचारका लािग अस्पताल पु¥याएको थियो ।
‘ कामीले बुधबारदेखि सञ्चो छैन भनेको हुँदा उपचारका लागि बिहीबार बिहान ८ बजेतिर अस्पताल लगिएको थियो,’ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले भने ‘ ट्वाइलेट भित्र पसेपछि चुकुल लगाएका कामीले पछाडिको जाली च्यातेर त्यहीबाट भागेका थिए ।’
त्यसरी ट्वाइलेटबाट भागेको आधा घन्टा भित्रै उनलाई नेपाल– भारत सीमा नाका क्षेत्रबाट नियन्त्रणमा लिइएको डिएसपी न्यौंपानेले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
