२०८२ जेष्ठ १३ गते आइतवार

दुर्घटनामा एक जनाको मृत्यु पछि राजमार्ग बन्द

तस्बिर – दीपक केसी

तुलसीपुर, फागुन २५ । कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएपछि बुधबार बिहान आठ बजेदेखि पीडित पक्षले पूर्वपश्चिम राजमार्गको भालुवाङ बजार क्षेत्रमा राजमार्ग बन्द गरेका छन् ।

कारको ठक्करबाट घाइते राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङका ३५ बर्षीय नरेन्द्र जिसीको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको थियो ।

राति ९ बजेतिर लमहीबाट भालुवाङ तर्फ जादै गरेको रा ६ प ६८५९ नम्बरको मोटरसाइकललाई र भालुवाङबाट लमही तर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कारले लमही नगरपालिका वडा नम्बर ३ मा ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार कारका चालक इञ्जिनियर हुन । उनी फरार रहेका छन् । कार चालकलाई कारबाही र उचित क्षतिपुर्तीको माग गर्दै पूर्वपश्चिम राजमार्ग आफन्तले बन्द गराएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले राजमार्ग बन्द गर्न नपाइने हुँदा खुलाउने प्रयास जारी रहेको बताए ।

एसपी काफ्लेका अनुसार कार चालक घोराहीका इञ्जिनियर हुन । फरार इञ्जिनियरको खोजी भइरहेको उनले बताए ।
मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *