२०८२ माघ २९ गते बिहिवार

व्यवसाय करका बारेमा उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरबीच सम्झौंता

‘स्मार्ट सिटी’ बनाउन सहयोग पुग्ने अपेक्षा

तुलसीपुर,फागुन ११ । लामो समयदेखि तुलसीपुर उपमहानगरपालिका र तुलसीपुरका ब्यापारीका बीचमा चल्दै आएको ब्यबसाय करको बिबाद अब साम्मे हुने अपेक्षा गरिएको छ ।

बुधबार उपमहागरपालिका र तुसलीपुर उद्योग बाणिज्य संघका बीचमा भएको दश बुँदे सम्झौंता पछि अब तुलसीपुरमा ब्यबसायिक करको लफडा समाप्त भएको सरोकारवालाहरुले आशा ब्यक्त गरेका छन् । सम्झौता पत्रमा उपमहानगरपालिकाको तर्फबाट प्रसासकीय अधिकृत मोहन पौडेल र तुलसीपुर उद्योग वाणिज्य सघंको तर्फबाट अध्यक्ष रामप्रसाद चालिसेले हस्ताक्षर गरेका हुन ।

सम्झौतामा उपमहानगरपालिकाले व्यवसाय कर लगाएत अन्य करहरु संकलन गर्नका लागि तुलसीपुर उद्योग वाणिज्य सघंलाई अनुमति दिने, उवासघंले आफ्नो कार्यालयमा व्यवसायिक सेवा केन्द्रको स्थापना गर्नुपर्ने र सेवा केन्द्रबाट कर संकलनको लागि ट्याक्स प्यार पोर्टलको नाम र पासवर्ड उपमहानगरपालिकाबाट प्रदान गरिने भएको छ ।

त्यस्तै सेवा केन्द्रबाट व्यवसाय दर्ताको सहजीकरण र आवश्यकता अनुसार कर सम्बन्धि जनचेताका कार्यक्रमहरु उद्योग वाणिज्य सघंले गर्ने,उपमहानगरपालिका र वाणिज्य सघंले संयुक्त रुपमा बजार अनुगमन गर्ने,सघंले कर भुक्तानी गर्दा पेमेन्ट गेटवयको अनिवार्य प्रयोग गर्नुपर्ने र उपमहानगरपालिकाले तोके बाहेक कुनैपनि अतिरिक्त शुल्क लिन नपाउने सहमति भएको तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव विनिल केसीले जानकारी दिए ।

संघका अध्यक्ष चालिसेका अनुसार सघंलाई प्रोत्साहन स्वरुप सघंले संकलन गरेको कर रकम मध्ये २० प्रतिशत रकम त्रैमासिक रुपमा उपलब्ध गराइने र उक्त रकम व्यवसायिक हकहितका लागि सामाजिक विकासमा प्रयोग गरिने भएको छ ।

जस्का लागि आवश्यकता अनुसारको उपमहानगरपालिकाबाट अभिमुखीकरण तालिम प्रदान गरिने , कर सम्बन्धमा व्यवसायिहरुलाई प्रदान गरिने प्रमाणपत्रहरु समेत उपमहानगरपालिकाले उपलब्ध गराउने, करदाताहरुले व्यक्तिगत विवरण र सम्पत्ति सम्बन्धि विवरण अन्य प्रयोजनका लागि उपयोग गर्न नपाइने भएको छ ।

त्यस्तै तथ्याङ्क सुरक्षण र अभिलेखाङ्कन प्रचलित कानुन स्वंय दोस्रो पक्षले गर्नुपर्ने र सम्झौतामा उल्लेख नभएका विषयहरु प्रचलित कानुन बमोजिम हुने सहमति भएको छ ।

तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघका बीच १० वर्षे सम्झौता भएपछि तुलसीपुर सहरलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग पुग्ने दुबै पक्षले आशा ब्यक्त गरेका छन् । जस्मा तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन राजश्व अभिबृद्धी गर्नका लागि दुवै पक्ष बीच आपसी सहयोग र सहकार्य गर्ने बुधवार १३ बुदें सहमति भएको हो ।

तुलसीपुरलाई नेपालकै ‘स्मार्ट सिटी’ बनाउने वाचा मेयर घनश्याम पाण्डेले आफ्नो चुनावी घोषणा पत्रमै उल्लेख गरेका छन् । तर, कार्याकाल सकिनै लाग्दा गरिएको सम्झौंतालाई कतिपय आलोचकले भने आशंका गर्नुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *