२०८१ चैत्र १३ गते बुधवार

एमसिसी पास गर्न खोजिएको भन्दै बिप्लवसहितका ६ कम्युनिष्ट घटकले गरे ४ गते नेपाल बन्दको घोषणा

तुलसीपुर, फागुन ३ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ६ कम्युनिष्ट पार्टीहले फागुन ४ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।

नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक आहुतीले संयुक्त विज्ञप्ति मार्फत एमसिसीका बिरुद्धमा आन्दोलन घोषणा गरेका हुन ।

नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाले एमसीसी छिट्टै पारित गर्न षडेन्त्र गरेको भन्दै उक्त राष्ट्रघाति एमसिसी कुनैपनि हालतमा पारित गर्न नहुने माग गरेका छन् ।

जसमा सरकारले संसद्को बैठक फागुन ४ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख गरिएको छ । एमसीसी पारित गर्ने सरकारको षड्यन्त्रका बिरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको र त्यो सफल पार्न आह्वान समेत गरिएको छ । थप आन्दोलनका कार्यक्रम फागुन ५ गते सार्वजनिक गरिने संयुक्त बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *