
तुलसीपुर, फागुन ३ । तुलसीपुर क्षेत्रमा दूधको मूल्यमा बृद्धि भएको छ । फागुन १ गतेदेखि दूधको मूल्यमा बृद्धि भएको हो । प्रतिलिटर दूधमा न्यूनतम चिल्लो पदार्थ (फ्याट)मा चार प्रतिसत र दूधमा भएको ठोस पदार्थ ध्रितांस एसएनएफ आठ प्रतिसत प्रतिसलिटर बृद्धि गरिएको छ ।
यो बृद्धि संगै प्रतिलिटर न्यूनतम आधार मूल्य ७० रुपैंया बढी र डेरीको फूटकल न्यूनतम मूल्य ९० रुपैंया जति पर्ने भएको छ ।
राष्ट्रिय ब्यबसायी पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज तुलसीपुर नगर समितिका अध्यक्ष लोकराज डाँगीले बृद्धि भएको मूल्य कार्यान्वयमा आँफुहरुको पहल रहेको बताए ।
पछिल्लो समय निर्धारित मूल्य तुलसीपुर क्षेत्रका सबै डेरी उद्योग तथा ब्यबसायीले कार्यान्वनमा ल्याइ सकेको भएपनि हाम्रो पहुँच सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले भने पछिल्लो समय बृद्धि गरेको दूधको मूल्य कार्यान्वयनमा बिमत्ति जनाएको छ ।
उक्त हाम्रो पहुँच सहकारी संस्थाले दैनिक एक हजार लिटर दूध खपद गर्दै आएको छ । तर, उक्त सहकारीले किसानले बृद्धि गरेको दूधको मूल्य कार्यान्वयमा आनाकानी गरेपछि दूग्ध उत्पादक किसान आन्दोलिन बनेका छन् ।
उनीहरुले हाम्रो पहुँच दूग्ध सहकारी संस्थाको बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन् । बुधबार उनीहरुले सहकारी संस्थालाई दूध नदिने घोषणा समेत गरेका छन् ।
हाम्रो पहूँच सहकारी संस्थाले सञ्चालन गरेको डेरी किसानको हक हितको बिरुद्धमा रहेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी समेत दिएका छन् ।
