२०८२ माघ २४ गते शनिवार

बिद्याबारीधिका शोधार्थीले गरे आन्दोलनको घोषणा

तुलसीपुर, माघ १८ । नेपाल संस्कृत विश्वविद्यालयमा बिद्याबारीधिका शोधार्थी विद्यार्थीले आन्दोलनको घोषणा गरेका छन ।विश्वविद्यालय अनुदान आयोगको कदम बिरुद्ध ज्ञापन पत्र बुझाउँदै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन ।

एक जना शोधार्थी विद्यार्थी शंकर भण्डारीले अछामबाट फोनमा अनुदान आयोगले नै संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थी विभेद गरेको हुँदा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने अवस्था आएको जानकारी दिए ।

आयोगले आव्हान गरेको छात्रवृत्ति तथा अनुदानका प्रस्ताव लिएर कार्यालयमा पुगेका विद्यार्थीलाई आयोगका कर्मचारीले विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ औं वर्षमा अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीले विश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने जबाफ दिएपछि बिद्यार्थीले आन्दोलनको चेतावनी दिएका हुन ।

पछिल्लो समय शोधार्थी बिद्यार्थीले हासिल गरेको विद्यावारीधि पनि मान्य नहुने जस्ता कुराहरु सार्वजनिक भएका छन् । जसको बिरोधमा शोधार्थी बिद्यार्थी असुन्तुष्ट छन् ।

शोधार्थी बिद्यार्थीले यसको बिरोधमा शिक्षामन्त्री, कुलसचिव, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका अनुसन्धान केन्द्र निर्देशक, विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउँदै वास्तविकता सार्वजनिक गर्न मागपनि गरेका छन् ।

साथै ध्यानाकर्षण पत्रमा बिद्यार्थीले विश्वविद्यालय अनुदान आयोगमा विद्वत वृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन, आयोगद्धारा शोधार्थीलाई प्रदान गरिने विद्वत वृत्ति तथा अन्य छात्रबृत्तिहरूमा विभेदपूर्ण व्यवहार नगर्न र यसरी प्राप्त गर्ने विद्यावारिधि अन्य विश्वविद्यालयद्धारा प्रदान गरिने विद्यावारीधि सरह मान्यता प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्न मागपनि गरेका छन ।

विश्वविद्यालय अनुदान आयोगले हाल पहिलेदेखि प्रदान गर्दै आएको विद्वतवृत्ति अनुदान कार्यक्रम हाल हटाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका पूर्ववर्ति अध्येताहरूले पनि विद्वत वृत्ति अदालतको आदेशअनुसार मात्रै प्राप्त गरेका थिए ।

त्यही भएर बिद्यार्थीले ध्यानाकर्षण पत्र बुझाउँदै पाँच दिन भित्र माग पूरा नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन ।

गत पुस २३ गते विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धी गर्न विद्यार्थीलाई छात्रवृत्ति तथा अनुदानको लागि प्रस्ताव आव्हानसम्बन्धी सूचना प्रकाशन गरेको थियो ।

त्यही आधारमा विद्यावरीधि गरिरहेका शोधार्थीले आवेदन पेश गर्न जाँदा आयोगका कर्मचारीले शोधार्थीले विश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने बताएका थिए ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *