२०८२ माघ ४ गते आइतवार

यमराजलाई मुद्दा पूर्पक्षका लागि थुनामा राख्न आदेश

तुलसीपुर, माघ १३ । कारागारबाट भागेपछि प्रहरीले भारत पुगेर पक्राउ गरी ल्याएका घोराही कारागारका तत्कालीन नाइके यमराज परियारलाई पूर्पक्षका लागि थुनामा पठाइएका छन् । बुधबार भएको थुनछेक बहसबाट मुद्दाको पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला न्यायाधिस हिमलाल बेसबासेको इजलासले आदेश दिएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माका अनुसार मुद्दाको अन्तिम किनार नलाग्दा सम्म थुनामा राख्न आदेश भएको हो । कारागारका पूर्व चौकीदार समेत रहेका यमराज पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए।

कर्तव्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो। उनले सात बर्ष जति सजाए भुक्तानी गरि सकेका थिए ।

तर, थुनुवा भागेपछि बाँकी सजाएको डेढी सजाए थपिने हुँदा फेरि उनको सजाए लम्बिएर २० बर्ष पुग्ने देखिन्छ । यमराजलाई भारतबाट पक्राउ गरी ल्याएपछि जिल्ला प्रहरी कार्यालय दाङले सोमबार सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *