२०८३ बैशाख १६ गते बुधवार

गेहेन्द्र गिरी काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

दाङ, पुस ८ । दाङको तुलसीपुर निवासी गेहेन्द्र गिरी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार प्राप्त अन्तिम नतिजा अनुसार १७३९ मत प्राप्त गरि पूर्व सांसद गिरी खस आर्य तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।
काँग्रेस दाङका पूर्व जिल्ला सभापति समेत रहेका गिरी पार्टी भित्र संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए ।

नेपाली काँग्रेसको १४औं महाधिबेशन मंसिर २४ गते राजधानीको भृकुटीमण्डपमा उद्घाटन भएको थियो भने निर्वाचन मंसिर २७ गते भएको थियो । उक्त निर्वाचनमा कुल ४६२५ मत खसेकोमा गिरीले १७३९ मत प्राप्त गरि अन्तिम सातमा परेर लक्की साबित भए । खस आर्यतर्फ सात जना निर्वाचित हुने काँग्रेस बिधानमा ब्यबस्था रहेको छ ।

खस आर्यतर्फ निर्वाचित सात जना –
१ – केशब बुढाथोकी – २०५४
२– गोबिन्द शाह – २०२४
३– भिम पराजुली – १९१४
४– मधु आचार्य – १८६०
५– श्याम घिमिरे – १८५२
६– नारायण कार्की – १७९६
७ – गेहेन्द्र गिरी – १७३९

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *