दाङ, पुस ४ । नेपाली कांग्रेसको १४औं महाधिबेशन अन्तरगत खुल्ला तर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि सुरु भइ मतगणना आइतबार बेलुका सकिएको मत गणनाबाट ९९ प्रतिस्पर्धी मध्य ३५ जना निर्वाचित भएका छन् ।
खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी यअसघिका महामन्त्री डा. शशांक कोइरालाले मत प्राप्त गरेका छन् ।
त्यसपछि क्रमश एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा निर्वाचित भएका छन् । यो पटक पहिलो पटक नयाँ १६ अनुहार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
दाङबाट दुई नेता निर्वाचित भएका छन् । यसअघिका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी २२६५ मत प्राप्त गरि २१औं नम्बरमा परि निर्वाचित भएका छन् ।
उनी तुलसीपुरका स्थायी बासिन्दा हुन । पुर्खेउली घर दंगिशरणको हेकुली गाउँमा छ ।
त्यस्तै यसअघिका काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्व सांसद कृष्ण किशोर घिमिरे १४औं महाधिबेशनमा लक्की साबित भए । उनी अन्तिम ३५औं नम्बरमा परेर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । नेता गिरी संस्थापन इतर र घिमिरे संस्थापन पक्षधर हुन ।
१४औं महाधिबेशनबाट खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित ३५ मध्य संस्थापन सभापति शेरबहादुर देउवा पक्षका २५ जना र संस्थापन इतरबाट सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले निर्वाचित भएका छन् । डा. शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।
देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत रहेको व्यवसायी जीपछिरिङ लामा र गणेश लामासमेत निर्वाचित भएका छन् ।
निर्वाचन समितिले हालसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना यसअघि नै सकिसकेको छ । मंसिर २७ गते कांग्रेसको सभापतिसहित १३४ पदका लागि निर्वाचन भएको थियो ।
लिष्ट हेर्नुहोस – कस्ले कति मत प्राप्त गरे ?

