२०८३ असार २७ गते शनिवार

पत्रकार महासंघ दाङले मनायो २९ औं स्थापना दिवस

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा महासंघ ः उपाध्यक्ष जिएम

दाङ,४ पुस । नेपाल पत्रकार महासघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि निर्माण हुने कानुन महासंघलाई स्वीकार्य नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको २९ औं स्थापना दिवसका अवसरमा घोराहीमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै महासंघका केन्द्रीय उपाध्यक्ष जिएमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि निर्माण भएका कानुनहरुलाई सच्याउन आग्रह गरे । नेपाल पत्रकार महासंघ सस्थापना कालदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा बोल्दै र लड्दै आएको सस्था भएको भन्दै उनले त्यसका विरुद्धमा नजाने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले लुम्विनी प्रदेश सरकारमा अघिल्लो सरकारले बनाउन थालेको प्रेस सम्वन्धी कानुनमा महासंघको असहमति रहेको भन्दै त्यसलाई नसच्याएर महासंघलाई मान्य नहुने बताए । ‘नयाँ कानुन निर्माणका क्रममा केही जटिलता देखिएका छन् । ती जटिलता हटाउदै कानुन निर्माणकालागि महासंघले भूमिका खेल्दै आएको छ’,केन्द्रीय उपाध्यक्ष जिएमले भने,‘त्यही क्रममा लुम्विनी प्रदेशमा सञ्चार नीतिमा हाम्रो असहमति छ । त्यसलाई पुर्नंलेखन गर्न आग्रह गरेका छौ । आशा छ त्यो सच्चिने छ ।’

उनले नसच्याएर त्यसका विरुद्धमा महासंघले संघर्ष गर्ने बताए । त्यस्तै उनले सञ्चारक्षेत्रको विकाससँगै सञ्चारकर्मीहरुको अधिकारका लागि लड्नेदेखि क्षमताअभिवृद्धिका लागि महासंघले विभिन्न कार्यक्रमहरु गर्ने तयारी रहेको बताएका थिए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले २९ बर्षको अवधिमा दाङमा पत्रकारिताको विकाससँगै सिंगो देशको नेतृत्व गर्ने पत्रकारहरु उत्पादन गर्न सफल महासंघ भएको भन्दै यो उपलब्धिलाई जिल्लाको सञ्चार तथा सञ्चारकर्मीको क्षमताअभिवृद्धमा लगाउन आग्रह गरेका थिए ।

उनीहरुले सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थालाई सस्थागत गर्दै जनतालाई सुसजित गर्ने सञ्चारक्षेत्रलाई विश्वसनिय बनाउन सचेत भएर सत्य, तथ्य एव सन्तुलित समाचार संप्रेसन गर्नका लागि संचारकर्मीहरुले ध्यानदिन आग्रह गरे ।

प्रविधिको विकाशले सञ्चारकर्मीलाई सहजतासँगै चुनौति थप्ने काम गरेकाले त्यसफर्त पत्रकार महासंघ, सञ्चार सस्था एव स्वयम पत्रकारहरुले ध्यान पु¥याउन आवश्यक रहेको उनीहरुको जोड थियो । उनीहरुले प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा, संस्थागत विकाससँगै सामाजिक रुपान्तरण, जिल्लाको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, शैक्षिक विकासकालगायतको समग्र बिकासका लागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङ जिल्ला समाजिक, राजनीति, आर्थिकसंगै समग्र विकासका लागि कलम चलाउन आग्रह गरे । सञ्चार क्षेत्रले जिल्लाको समग्र विकाससँगै सामाजिक रुपमन्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसतर्फ सञ्चारकर्मीहरुले सचेत भएर कम चलाउन उनले सुझाए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका सल्लाहकार तथा पुर्व अध्यक्ष सुदीप गौतमले महासघको मार्ग र सिद्धांतमा रहेर अघि बढन पत्रकारलाई आग्रह गरे । नेपाल पत्रकार महासघ दाङ शाखा पूर्व अध्यक्ष सविन प्रियासनले दाङको पत्रकारिताको संस्थागत बिकासदेखि पत्रकारहरुको क्षमता बिकासमा ध्यान दिनुपर्ने जोड दिए।

नेपाल पत्रकार महासघ शाखाका पुर्व अध्यक्ष एवं प्रेस स्वतन्त्र सेनानी सुशील गौतमले पत्रकारिता क्षेत्रका धेरै सकारात्मक पक्ष र उज्ज्वल सम्भावना रहेको हुँदा सत्यका पक्षमा दृढताका साथ कलम चलाउन आग्रह गरे ।

त्यस्तै महासघका पुर्व अध्यक्ष केएल पीडितले सञ्चार क्षेत्रको बिकास संगै पत्रकारले क्षमता बिकासमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका सल्लाहकार लक्ष्मी आचार्य, महासघका सस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेल, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा समाजबादीका चिरञ्जीवी बुढाथोकी, राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, सामुदायिक रेडियो प्रसारक संघ अकोर्यावका केन्द्रीय सदस्य संगीत बस्याल, प्रदेश अध्यक्ष केपी घिमिरे, पुरस्कार सस्थापक समेत रहेका सामुदायिक वन उपभोक्त महासघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिङ बुढाथोकी, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख मुकुन्द रिजाल,प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, मानवअधिकार एलायन्स दाङका अध्यक्ष विकिरण गौतम, पुरस्कृत व्यक्तिका तर्फबाट पत्रकार महासघका पुर्व उपाध्यक्ष लिला शाह, पुर्व सचिव भुपेन्द्रप्रकाश वली, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, प्रगतिशील पत्रकार सघ दाङका अध्यक्ष महेश रिजाल, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउले, कियासिल पत्रकार महिला मञ्चका अध्यक्ष रोशनी मल्ल,आदीवासी जनजाती पत्रकार सघका प्रेमबहादुर राम्जालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार महासघ दाङ शाखा उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आरके शितलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *