
घोराही, पुस ४ । नेपाल पत्रकार महासंघ दाङ शाखाको २९ औं स्थापना दिवसका अवसरमा आइतबार १४ जना पत्रकारलाई पुरस्कत गरिएको छ ।
महासंघले स्थापना दिवसका अवसरमा अंकित–टुकादेवी स्मृति पत्रकारिता पुरस्कार सविन प्रियासन, उमा–चन्द्र–गीत–हरि स्मृति पत्रकारिता पुरस्कार लिला शाह, पार्वती स्मृती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट जेएन सागर, दीपक भट्राई स्मृति पत्रकारिता पुरस्कार भूपेन्द्र वली, वर्ष उत्कृष्ट पुरस्कार दामोदर बस्नेत ‘राकेश’, महिला सिर्जनशील पत्रकारिता पुरस्कार सरिता चौधरी, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार लिलाधर वलीलाई पुरस्कृत गरेको हो ।
त्यस्तै जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरकार प्रेमविवश घर्ती, लोककुमारी स्मृति प्रतिभा पत्रकारिता पुरस्कार पाण्डव शर्मा, दुर्गा–टिका स्मृति पत्रकारिता पुरस्कार सबिता चौधरी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कार जितबहादुर चौधरी, देवकी नन्दन प्रतिभा पुरकार जनक नेपाली, टिका–नारायणी स्मती पत्रकारिता पुरस्कार देव यादव र पत्रकारिता प्रोत्साहत पुरस्कार विरेन्द्र गिरीलाई प्रदान गरिएको हो । पुरस्कार पत्रकारलाई अविर, टिका, प्रमाणपत्र प्रदान गरिएको थियो ।
