२०८३ कार्तिक १० गते सोमवार

अन्धोपन निवारणमा आँखा अस्पतालको भूमिका महत्वपूर्ण – प्रजिअ रेग्मी

तुलसीपुर, पुस १ । दाङका प्रमुख जिलला अधिकारी हिरालाल रेग्मीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले अन्धोपन न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन ।

विहीवार राप्ती आँखा अस्पतालको निरिक्षण तथा अवलोकन गर्दै प्रजिअ रेग्मीले जनताको सर्वशुलभ सेवामा ध्यान दिन आग्रह गरे । आँखा जस्तो सम्वेदनशिल अंगको उपचार राम्रो पाएमा धेरै सर्वसाधारणको भविश्य सुखद हुने भन्दै प्रजिअ रेग्मीले दत्तचित्त भएर सर्वसाधारणको सेवामा खटिन आग्रह गरे ।

सवै विशेषज्ञ सेवाहरु रक्षाचौरबाटै दिने व्यवस्थापन गर्न सके आँखाका विरामीहरु उपचारका लागि जिल्ला वाहिर जानुपर्ने वाध्यता अन्त्य हुने उनको विश्वाश थियो ।

त्यस्तै रेग्मीले अस्पतालको विकासका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । त्यसक्रममा उनले अस्पतालमा सेवाग्राहीहरु संग सेवा प्रवाहको बारेमा सोधपुछ समेत गरेका थिए ।

त्यसक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थाप समितिका अध्यक्ष कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित अस्पतालले दिदै आएको सेवा तथा संघले अन्धोपन न्यूनिकरणमा खेलेको भूमिकाको बारेमा जानकारी गराएका थिए ।

हालसम्म करिव ३० लाख विरामीलाई सेवा दिएको र २ लाख बढी मोतियाविन्दुको शल्यक्रिया गरिएको उनले बताएका थिए ।

नेपाल सरकारको स्वास्थ्य नीतिलाई सहयोग पु¥याउन संघले विभिन्न दातृ निकाय, केन्द्र, प्रदेश र स्थानीय सरकार संगको साझेदारीमा अस्पतालको भौतिक विकास र विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्दै आइरहेको संघका जिल्ला सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिएका थिए ।

त्यसक्रममा राप्ती आँखा अस्पतालका मेसु नेत्रविशेषज्ञ डा. सन्तोष सुवेदी, अस्पतालका प्रशासक किरण पौडेलले अस्पताले दिने सेवा र हाल भइरहेको गतिविधिहरु वारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *