२०८३ जेष्ठ ३० गते शनिवार

दाङबाटै स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सेवा सुरु, कार्यालय उद्घाटन

सिसहनिया, मंसिर २९ । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन संगै सेवा सुरु गरिएको छ ।बुधवार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले कार्यालय उद्घाटन गर्दै मन्त्रालयको नियमित सेवा सुरु भएको जानकारी दिए ।

मन्त्री चौधरीले अबदेखि पूर्ण रुपले दाङबाटै सेवा सुरु हुने बताए । उनले अव छिटो भन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीमै स्थान्तरण गवरि सेवा सुरु गर्ने तयारी गरिएको जानकारी दिए । संघ सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको मन्त्री थारुले बताए ।

स्वास्थ्य सेवामा मध्यकालिन तथा दिर्घकालिन रणनीतिका साथ काम भइरहेका भन्दै मन्त्री थारुले कोभिडको तेस्रो भेरियन्ट बाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकार संग खोपको ब्यवस्थाको लागि पहल गरिरहेको बताए ।
कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री विमला खत्री वलीले स्थायी राजधानीमा मन्त्रालयको काम सुरु भए संगै नागरिकले सरल र सहज रुपमा सेवा पाउन सक्ने आशा ब्यक्त गरिन ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मुलक मन्त्रालय भएका कारण सेवा दिने काममा कुनै कसुर बाँकी नराख्ने बताए ।

निर्देशनालय, आपुर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रवन्ध गर्दै मन्त्रालयलाई पुर्ण रुपमा सेवा दिन तयार बनाइने उनले बताए । १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, नीति निर्माण, योजना निर्माण गर्ने काममा मन्त्रालय दुरुस्त रुपमा लागि रहेको देवकोटाले जानकारी दिए ।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफुहरुले स्थायी राजधानीका लागि सबै कुरा जोखीममा राखेर सहयोग गरेको भएपनि सुस्त सुस्त राजधानीको मेलो सर्दै गरेकोमा खुसी साटे ।

राजधानी ब्यवस्थापनका लागि स्थानीय राप्ती–गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका नागरिकबाट भरपुर सहयोग रहने उनले स्पष्ट पारे ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नं. ५ का वडाध्यक्ष गोवर्धन रावत, खाने पानीका अध्यक्ष शान्तराज पन्थी, उपसचिव राजेन्द्रप्रसाद पन्थी लगायतले मनतब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *