२०८३ जेष्ठ ३० गते शनिवार

विमलेन्द्र निधिले कांग्रेस सभापतिमा दिए उम्मेदवारी

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

२५ वर्षसम्म सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफैं सभापतिमा उठ्ने बताएपछि निधिले छुट्टै उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *