
काठमाडौ, मंसिर २३ । नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काकी पत्नि शिला शर्मा खड्का केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।
नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु हुने १४औं महाधिबशेन अन्तरगत शिलाले संस्थापन पक्षबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने टुँगो लागेको छ ।
खुमबहादुरका एक्ला छोरा अनुराग केन्द्रीय सदस्यमा भिड्ने तयारी गरि रहँदा क्राइटएरिया नपुगेपछि उनी ब्याक हुनु परेको छ । अनुरागले भने, मेरो क्रियासिल लिएको सात बर्ष मात्रै भएको छ , त्यसैले मेरो मम्मी नै केन्द्रीय सदस्यमा उठ्नु हुने भएको हो ।, अनुराग दाङ क्षेत्र नं. १ बा केन्द्रीय महाधिबेशन प्रतिनिधिमा सबै भन्दा बढी मत पाएर निर्वाचित भएका थिए । उनी महासमिति सदस्य पनि चुनिएका छन् ।
उनकी आमा शिला अहिले पनि पार्टीको केन्द्रीय सदस्य नै हुन । नेपाली काँग्रेस बिभाजन हुँदा प्रजातान्त्रिक काँग्रेसमा स्वर्गिय खुमबहादुर खड्काले नै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भरथेग गरेका प्रमुख नेता थिए । पछिल्लो समय सनातन हिन्दु राज्यको मुद्दालाई जवरजस्त उठाइ रहेका थिए ।