२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुर चेम्बरको महोत्सब बारे फेरि पत्रकार सम्मेलन

तयारी तीब्र पारिएको जानकारी

तुलसीपुर,मंसिर २१ । तुलसीपुर चेम्बर अफ कमर्शले सञ्चालन गर्न थालेको महोत्सवको तयारी तीब्र पारिएको जानकारी दिइएको छ ।
चेम्बर अफ कमर्शले फेरि मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पुस १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सव २०७८ को तयारी तीब्र पारिएको जानकारी दिएको हो ।

संस्थाको भवन निर्माण गर्न तथा केही रकम सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गर्न लागिएको चेम्बरका सचिव एवं मेला सुरक्षा समितिका संयोजक ऋषि भण्डारीले जानकारी दिए ।

मेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तथा विवादरहित बनाउन तीनवटै सुरक्षा अंगहरूसँग छलफल भैरहेको उनले बताए ।
चेम्बरका पदाधिकारीले मेला महोत्सव सञ्चालन गर्ने सन्दर्भमा तुलसीपुर उद्योग बाणिज्य संघ लगायत फेन्सी व्यवसायीले विरोध गर्नुको कुनै तुक नभएको बताए ।

‘अहिले फेन्सी व्यवसायीहरूले मेलामा फेन्सीका कुनैपनि स्टलहरू नराख्ने भन्दै विरोध गरिराख्नुभएको छ’ सचिव भण्डारीले भने, ‘तर यो मेलाबाट कसैलाई घाटा हँुदैन, सबैको मन जितेर व्यापार गर्न सकिन्छ ।’

उनले स्थानीय फेन्सी व्यवसायीले ब्यापारका लागि स्टल लिएमा बाहिरबाट आउने फेन्सी व्यवसायी लगायतले बुकिङ गरेको स्टललाई रद्द गरेर स्थानीय व्यवसायीलाई अवसर दिइने पनि तर्क गरे ।

त्यसका लागि मंसिर २५ गतेभन्दा पहिले सोको जानकारी आफूहरूलाई दिनुपर्ने सचिव भण्डारीले बताए । त्यस्तै संस्थाका महासचिव प्रेमप्रकाश गिरीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमणलगायतको कारण देखाउँदै मेला रद्द गर्न खोज्नु ठिक नभएको बताए । जिल्लामा लाग्ने सम्पूर्ण मेला महोत्सवलाई रद्द गरेमा आफूहरू पनि रद्द गर्न तयार रहेको पनि उनले स्पष्ट पारे ।

मेलाले व्यापार, व्यवसायसँगै आर्थिक अवस्थालाई चलायमान बनाउनुका साथै साँस्कृतिक तथा आन्तरिक पर्यटन र प्रर्वद्धनमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

चेम्बरको मेलामा ३ सय ५० स्टल राखिने जानकारी दिइएको छ । दश दिनसम्म चल्ने मेलामा तीन लाख दर्शकहरूलाई अवलोकन गराउने लक्ष्य छ ।पत्रकार सम्मेलन तुलसीपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष बेनु अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *