
तुलसीपुर , मंसिर १७ ।तुलसीपुरमा बिभिन्न संगठनले मेला महोत्सव लगाउने तयारी गरि रहँदा त्यसको बिरोधमा आन्दोलन चर्किदै गएको छ । तुलसीपुर उद्योग बाणिज्य संघसहित यहाँका अधिकाँस उद्योगी÷ ब्यापारी मेला महोत्सवको बिरोधमा उत्रिएका छन् । मेला÷ महोत्सव रोकिनु पर्ने माग गर्दै ब्यापारी नै शुक्रबार तुलसीपुरमा पर्दशन समेत गरेका छन् । आन्दोलनको सुरुवात भने फेन्सी व्यवसायी संघको नेतृत्वमा भएको हो । त्यसमा तुलसीपुर उद्योग बाणिज्य संघले पनि ऐक्यबद्धता जनाएको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसेले आफुहरु संधै ब्यापारिको हकहितको पक्षमा उभिने हुँदा अधिकाँस ब्यबसायी बिरोधमा उत्रिएकोले आन्दोलनको पक्षमा रहेको स्पष्ट पारे ।
कोरोना महामारीको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ भाइरसको संक्रमण फैलिरहेको अवस्थामा मेला महोत्सव सान्दर्भिक नभएको आन्दोलनकी एक सहभागि किशोरी निरु बस्नले तर्क गरिन । उनले मेला महोत्सव स्थानीय ब्यापारिको हकहित बिपरित भएको हुँदा बिरोधमा उत्रनु परेको दाबी गरिन ।
तुलसीपुरमा चन्द्र सुर्य यातायात प्रालिले ‘प्रथम प्रादेशिक फेस्टिबल’ तुलसीपुर ६ बरुवागाउँमा मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ । त्यस्तै नेकपा एमाले निकटको ब्यपारिक संगठन तुलसीपुर चेम्बर अफ कमर्शले पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमै महोत्सव लगाउने तयारीमा जुटेको छ । उनीहरुले मेला÷ महोत्सव लगाउन अधिकार सबैलाई भएको भन्दै जसरी पनि आँफुले आयोजना गरेको मेला÷ महोत्सव लगाएरै छोड्ने दाबी गर्दै आएका छन् ।त्यस्कै बिरोधमा तुलसीपुरका अधिकाँस ब्यापारी सडकमा उत्रिएका हुन ।
बिरोध ¥याली तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको थियो । नारा बाजी गर्दै बजार परिक्रर्मा पछि बिरोधमा उत्रिएकाहरु तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर पर्दशन गरेका थिए । आन्दोलनको नेतृत्व कर्ता रुपेश शर्माले झन्डै तीन घन्टा नगरपालिकामै धर्ना दिएपछि मेयर घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै मेयर पाण्डेले शनिबार मेला÷महोत्सव आयोजना गर्न खोजिरहेका चन्द्र सुर्य यातायात प्राली र तुलसीपुर चेम्बर अफ कमर्सलाई बोलाएर छलफल गर्ने आश्वासन दिएको आन्दोलनका संयोजक तथा बाणिज्य संघका कार्य समिति सदस्य रुपेश शर्माले बताए ।
उनले गत बर्ष नै तुलसीपुर उपमहानगरपालिकाले बनाएको कार्यबिधिमा बिभिन्न संग संगठनलाई आँफुखुसी मेला÷महोत्सव लगाउन नदिने उल्लेख रहेको हुँदा त्यसैलाई टेकेर आँफुहरु बिरोधमा उत्रिएको भन्दै उनले कार्यबिधि बिपरितका गतिबिधि भए स्वीकार्य नहुने बताए ।
उनीहरुले बिहीबार मात्रै एक हजार बढी हस्ताक्षर संकलन गरि नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।
‘ यदी मेयरले हाम्रो जायज माग लत्याउन खोजे हामी बजार बन्द लगाएत चरणबद्ध आन्दोलनहरु गर्न बाध्य हुने छौं,’ शर्माले भने ।
उनकै शब्दमा मंसिर, पुस, माघ जस्ता महिनाहरु नै फेन्सी ब्यबसायीका लागि प्रमुख ब्यापार हुने महिना भएको भन्दै यो सिजनमा गरिने मेला महोत्सवले ब्यापार धारासायी बन्ने छ ।