२०८१ चैत्र १४ गते बिहिवार

केपीका कार्यकर्ताले अस्पतालका मेसुलाई कालोमोसो दले (भिडियोसहित)

डा. विनोद सिंह

तुलसीपुर, भदौ ११ । नेकपा एमालको भातृ संगठन अनेराश्ववियुको जिल्ला अध्यक्ष रहेको दाबी गर्दै आएका सर्जन परियारले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. विनोद सिंहलाई कालोमोसो दलेका छन् ।

एमालेको भातृ संगठन अनेराश्ववियुका जिल्ला अध्यक्ष दाबी गर्दै आएका सरजन परियारले शुक्रबार दिउँसो मेसुको कार्यकक्षमै कालो मोसो दलेर फरार रहेको प्रहरीले बताएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का परियारले मेसु सिंहमाथि कालोमोसो दलेर भागेको हुँदा खोजी कार्य भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

सर्जन परियार

डा. सिंहले करिब ६ जनाको संख्यामा आफ्नो कार्यकक्षमै आएका ब्यक्तिहरु मध्य अरु संग आँफुले कुरा गरिरहेको समयमा एक्कासी अध्यक्ष परियारले कालोमोसो दलेर भागेको जानकारी दिए ।

कालोमोसो दलेका परियारले एक दिन अगाडि मात्रै समाजिक सञ्जालमा अस्पताल बारे असन्तुष्टि पोखेका थिए । उनले सरकारी अस्पतालमा उपचार नहुने तथा ती रेफर सेन्टर जस्तो बनाइएको हुँदा निजी अस्पतालहरुले सर्वसाधारण लुट्ने गरेको आषय ब्यक्त गरेका छन् ।

तर, स्रोतका अनुसार एमाले निकटकै एक स्वास्थ्यकर्मीले गत साउनमा तीन जना आफ्ना मानिसलाई अस्पतालमा करारमा जागिर खुवाएका थिए । त्यसरी जागिर खुवाउन एमाले बिभाजन नहुँदै केपी शर्मा ओली निकट मानिने एमाले जिल्ला नेतृत्व समेत लागेको थियो ।

त्यही बाहानामा परियारहरु अस्पतालका मेसु संग संगठनको नाममा आर्थिक सहयोग माग्न गए । उनीहरुले मागे जति रकम आँफुले दिन नसक्ने र त्यसका लागि अस्पताल बिकास समितिको अनुमित चाहिने कुरा डा. सिंहले गरेपछि उनीमाथि परियारले कालोमोसो दलेको एक स्रोतको दाबी छ ।

पदमप्रशाद शर्मा

शनिबार बिहान ९ बजेसम्म परियारलाई पक्राउ नगरे काम रोक्ने चेतावनी
अस्पताल बिकास समितिका अध्यक्ष पदमप्रशाद शर्माले घटना पछि बसेको अस्पताल बिकास समितिको बैठकले पीडकलाई कानुन अनुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको जानकारी दिए ।

त्यस्तै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको बैठकले शनिबार बिहान ९ बजेसम्म आरोपित परियारलाई पक्राउ गरि कानुनी उपचारको प्रक्रिया नथाले अस्पताको आपतकालिन कक्ष, प्रसुति कक्ष, डायलासिस र अत्यावेशक सेवा बाहेकका सबै काम रोक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *