
तस्विर : राजेश खत्री
तुलसीपुर, साउन १० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले तुलसीपुर–घोराही फोरलेन सडक विस्तार कार्यमा ठूलो बदमासी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आइतबार निवासमा फरककोणसंग कुरा गर्दै नेता गिरीले समयमै काम नहुँदा सर्वसाधारणले सास्ति खेप्नु परेको भन्दै आक्रोश पोखे ।
‘ बाबु मेयर र छोरा ठेकेदार हुनुले गर्दा मनोमानी भयो,’ नेता गिरीले भने ‘ यो भन्दा पहिला यदी केपी ओली प्रधानमन्त्री हुन्न थिए भने पेटीमा कामको जिम्मा लिएका ब्यक्ति उहिलै कालो सूचिमा परिसक्थे ।’
उनले कुनैपनि बहानामा सर्वसाधारण नागरिकलाई दुःख दिनु गलत भएको बताए ।
‘राम्रो काम हुुनु पर्छ र नागरिकले छिटो फोरलेन सडकको प्रयोग गर्न पाउनु पर्छ,’नेता गिरीले भने ‘काम नगर्ने र कमजोरी गर्नेलाई कारबाही हुनुपर्छ ।’
उनले कानुन सबैलाई बराबर लाग्ने र शक्तिको दुरुपयोग कसैले पनि गर्न पाउन नहुेन बताए ।