तुलसीपुर, चैत १४ । पछिल्लो दूई महिना यता दाङ नारायणपुर–नारेबाङ सडक खण्ड सामाजिक सञ्जालहरुमा खुबै छाएको छ । सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण चिटिक्क परेको नागबेली सडक रातारात भाइरल भएको हो ।
पछिल्लो समय यसकै नाम नै ‘भाइरल सडक’ भन्न थालिएको छ । सडक भाइरल भएपछि बिदाको दिनमा उक्त सडकमा सयौं मानिसहरु अवलोनकनका लागि जाने गरेका छन् ।
यस सडकमा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यो सडकमा युवा युवतीहरु समुह बढी देख्न सकिन्छ । प्राय शनिबार यो सडकमा भिड नै लाग्ने गरेको छ । मानिसहरु फोटो खिच्न, टिकटकको लागि भिडियो बनाउन यो सडकमा आउने गरेका छन ।
चैत १४ गते शनिवार हामीपनि त्यहाँ पुगेका थियौं । तपाँईपनि हेर्नुहोस कस्तो छ – नारायणपुर – नारेबाङ ७ किलो मिटरको भाइरल सडक खण्ड ।