२०८१ चैत्र ९ गते शनिवार

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं,फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आजबाट दोस्रो चरणमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने खोप अभियान अन्तर्गत उनले पनि खोप लगाएका हुन् ।

उनले पौने ११ बजे खोप लगाएका हुन्।

उनीसँगै खोप लगाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले भने सशस्त्र प्रहरी बल अस्पताल पुगेर कोरोना खोप लगाएका छन् ।

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाइनेछ ।

११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

यसअघि माघ १४ गतेदेखि पहिलो चरणमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्था कर्मचारी, पत्रकारलगायतलाई खोप दिइएको थियो ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालिन प्रयोग भइरहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *