लालमिटिया, माघ १२ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंङ फूस्किसकेको तिल्के गोरु जस्तै भइसकेको हुँदा अब केही गर्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले कुनैपनि चिजको जमाना हुने भन्दै आज प्रचण्ड सिङ फूक्लेको तिल्के गोरु जस्तै अवस्थामा पुगेको बताएका हुन ।
सोमवार लुम्बिनी प्रदेशको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटीयामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले अब उनीहरुको केही गर्न सक्ने दम बाँकी नरहेको भन्ने अर्थमा त्यस्तो कुरा बताएका थिए ।
उनले आफुलाई बहर गोरु र प्रचण्डलाई सिंङ फूक्लेको बुढो गोरुको रुपमा अथ्र्याउन खोजे ।
‘यिनका सिंङ फुक्लिसके अब धाक नलाए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ‘ यिनिहरु संग अब अशान्ति मच्चाउने क्षमता पनि छैन र दमपनि छैन, यिनिहरुले केहीपनि गर्न सक्दैनन् ।’
त्यस्ता ती तिल्के गोरुहरुले फाँ फू गर्दै र फूक्लिएको सिंङ लिएर हिडिरहेको उनले बताए ।
नेपाली जनता सचेत भइसकेको हुँदा धाक धक्कु नलगाउन र तिघ्रा नठटाउन उनले चेतावनी दिए । भने ‘ अब खुट्टा फ्याट–फ्याट नपारे हुन्छ कोहीले टेर्नेवाला छैनन्।’
त्यसअघि उनले प्रचण्डलाई लक्षित गर्दे प्रचण्डले भन्ने एउटा र व्यवहार अर्कै गर्ने गरेको दोषरोपन गरेका थिए ।
उनले प्रचण्डले केही दिन पहिले अशान्ति मच्चाउने र हिंसा भड्काउनले खालले धम्की दिएको भन्दै आपत्ति जनाए । ‘शाकाहारी आन्दोलनले हुँदैन युवाहरु हो, भन्या के,’ ओलीले भने ‘ बाघ जस्तो झम्ट, कल्लाई ? नेपाली जनतालाई ? हिंसा खोज्या छैन रे ? के खोज्या त त्यो ।’
उनले पिलो निचोरिदैमा ओजन नघट्ने बरु हाई सञ्तोहुने आसय व्यक्त गरे । दूई चार जना देशलाई माया नगर्ने र जनताको भलो नचाहाने आत्मकेन्द्रित तथा स्वार्थी जमातले दूई चार जनाले पार्टी छोड्दैमा आन्दोलन कमजोर नहुने उनले बताए ।निर्वाचनमा रोक्न खोज्नेहरु लोकतन्त्रबादी हुनै नसक्ने उनले जिकिर गरे ।
‘जनताको मतबाट हैन, चुनिएर हैन, छानिएर हैन जालझेल टिकडम गरेर आउँछु भन्या छु । अरु जस्तो जस्केलाबाट आउँछु भन्या छु,’ ओलीले भने ‘दूई ठाउँ हारेपछि प्रधानमन्त्री हुने बाटो जस्केलाको बाटो म हिड्या छु । त्यो बाटो म हिड्दिन । अध्यक्ष हारेपछि मैलाई अध्यक्ष चाहियो भनेर क्यान क्यान गर्ने केटाकेटी जस्तो ग¥याछु म ।’
त्यस्तै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी अध्यक्ष बने पनि निर्वाचन आयोगले खत्तम पार्दिएको बताए ।
‘केही मानिसहरू बैठक छाडेर चौतारीमा बसेर अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँड्छन्। त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दिएछ,’ उनले भने।
माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै ओलीले थपे, ‘उहाँहरू केपी ओली यो त पृथ्वीमै नरहे पनि हुन्छ भन्छन् ।’
आफ्नो तरिका जनताको बीचमा जाने, जनतलाई सचेत र संगठित गराउने र जनतको साथ लिएर देश बनाउने आफ्नो उदेश्य रहेको उनले जिकिर गरे ।
त्यसलाई असफल पार्न केही लागेको भएपनि आफु असफल हुँदा त्यसले माने नराख्ने हुँदा देश असफल हुन नहुने र प्राप्त गरेका उपलब्धि गुम्न दिन नहुने उनले बताए । केही तत्वले स्थायित्व ध्वस्त गरेर अस्थिरता मच्चाउन खोजेर लोकतन्त्र र स्थायत्विको कुरा गर्ने गरेको उनले बताए ।
उनले आफु अलिकति अगाडि बढेर काम गर्न नदिइएको हुँदा प्रतिनिधिसभा भंग गरी जनताको बीचमा जान खोजेको भन्दै आगामी बैशाखमा चुनाब भएरै छोड्ने जिकिर गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले मन्त्री परिषदले नलेखेको भएपनि संविधानमा नभएपनि प्रधानमन्त्री संग एउटा अबिशिष्ट अधिकार रहने हुँदा प्रतिनिधिसभा बिघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन भन्नु गलत तर्क भएको बताए ।
उनले माओवादी र एमाले आन्दोलनबाट हारेर थाकेर पाखा लागेकाहरुले फेरि पार्टीमा अस्थिरता निम्त्याउन खोजेपति प्रतिनिधिसभा भंग गर्नु परेको बताए । अब नेकपा झनै शक्तिशाली भएर उनले उनले जिकिर गरे ।
कार्यक्रममा खानेपानी मन्त्री मणि थापाले प्रचण्डले बैध, बाबुराम, बिप्लवलाई मात्रै हैन अहिले आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत धोका दिएको भन्दै उनी धोकेबाज भएको आरोप लगाए ।
प्रधानमन्त्रीलाई कू गर्न नसकेपछि अहिले प्रचण्डहरु सडकमा पुगेको र कुनैपनि हालतमा प्रतिनिधिसभा ब्यूँतिन नसक्ने उनले जिकिर गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री बशन्त नम्वाङले छिया छिया र छिद्र छिद्र बनाइएको पार्टीलाई प्रधानमन्त्री ओलीको नेतृत्वमा नयाँ शिराबाट सुद्रिढ पार्टी स्थापना गर्ने बताए । उनले ओली नै सच्चा राष्ट्रबादी नेता भएको दाबी गरे ।
उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा ठूला ठूला टनेल, रेल मार्ग, ठूला र काला चिल्ला बाटाहरु निर्माणको काम तीब्र गतिमा भइरहेको बताएका थिए ।कार्यक्रम नेकपा दाङका नेता हुकुम बस्नेतको अध्यक्षतामा भएको थियो ।
त्यसघि प्रधानमन्त्री ओली राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा निर्मित पुलको उद्घाटन गरेका थिए । त्यो पूलको गेटमा टाँगिएको एउटा झण्डा भने उल्टो गरि टाँगिएको थियो ।