दाङ, पुस ५ । आगामी बैशाख १७ र २७ गते मध्याबदी निर्वाचनको घोषणा गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै त्यस्तो घोषणा गरेकी हुन ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन ।
राष्ट्रपतिको कार्यालयको विज्ञप्तिमा संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरिएको जानकारी दिइएको छ । जसमा ताजा जनादेशमा जानका लागि नेपाली जनता समक्ष जाने बताइएको छ ।
त्यसका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्कौ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने भनिएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यताका आधारमा संसद विघटन गरि ताजा जनादेशमा जाने अभ्यास गरिएको बिज्ञप्तिमा उल्लेख छ ।