तुलसीपुर, असोज २६ । देशका विभिन्न ठाउँमा बलात्कार, यौन हिंसाका घटनाहरु बढ्दै गइरहेका छन्। पीडित महिलाहरुको न्यायका लागि युवायुवती, महिला अधिकारकर्मी लगायतले देशका बिभिन्न ठाउहरुमा प्रर्दशन गर्दै आइरहेका छन्।
यसैबीच तुलसीपुरमा पनि स्वतन्त्र युवाहरुले सोमबार विहान प्रदर्शन गरेका छन । सामाजिक संजालबाट जोडिएर उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन क्रममा बलात्कारीलाई मृत्यु दण्डको माग गरेका थिए ।
मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ? , सरकार चुप कहिलेसम्म ?, हिजो निर्मला, आज संझना, भोलि हजुरको कोही …? लेखिएका व्यानर प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए।
तुलसीपुरको बिपी चोक बाट सुरु भएको र्याली बिरेन्द्र चोक हुदै बजार परिक्रमा गरेको थियो । उनीहरुले बलात्कारीलाई कडा भन्दा कडा कानुन नहुँदासम्म बलात्कारका घटना दोहरी रहने भन्दै मृत्यु दण्डको व्यवस्था गर्न मागपनि गरेका थिए ।