दाङ, साउन ३२ । दाङको तुलसीपुरमा रहेको झरना आज भोलि एक्कासी चर्चामा आएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वार्ड न ३ सात तले भन्ने स्थानमा रहेको झरनामा आज भोलि यूवा पुस्ताको लागि आकर्षणको केन्द्र बनेको छ । यो झरना तुलसीपुर बजार देखि करिब १२ किलोमिटरको दुरीमा रहेको छ ।
सामाजिक संजालहरुमा झरनाको तस्बिर भिडियो भाइरल भएपछी एक्कासि चर्चामा आएको हो। झरना हेर्न दाङ लगाएतका जिल्लाबाट समेत मानिसहरु आउने गरेका छन ।
लकडाउनको समयमा पनि बिशेष गरि शनिबारको दिन झरना हेर्न आउने मनिसहरु बढी हुने गरेका छन ।