राजेश खत्री,
दाङ, फागुन २७ । आज फागुपर्व अर्थात् होली हिन्दुहरुको प्रमुख चाड मानिन्छ । होलीपर्व लाइ रंगै रंगहरुसँगको पर्व पनि भनिन्छ । आज दाङ लगायत तराईका विभिन्न जिल्लाहरुमा एक आपसमा माया प्रेम, भाईचारा र सामाजिक सद्भाव, आत्मीयता साटासाट गरी होली मनाइदै छ ।
नेपाल सरकारले कोरोना भाइरस संक्रमण हुने भन्दै धेरै भिडभाडमा नजान अपिल गरेपछि दाङको तुलसीपुरमा यो वर्ष होलीको खासै रौनकता देखिएन । बिगतका वर्षमा जस्तै यो वर्ष होली मिलनका कार्यक्रमहरु देखिएनन् ।