दाङ, फागुन २१ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुईदिने बन्दका कारण दाङलगायत अन्य जिल्लाहरुको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । दाङबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधान चलेका छैनन ।
सांसद रेशम चौधरीलगायतका ११ जना बन्दीहरुलाई विनाशर्त रिहा गर्नुपर्ने माग प्रमुख रुपमा अगाडि सारिएको छ ।
रिहाईका लागि सरकारलाई दबाब सिर्जना गर्न भन्दै फागुन २० र २१ गते तराईका जिल्लाहरु नवलपरासीदेखि कञ्चनपुरसम्म आमहड्तालको आह्वान गरिएको छ ।
दुई दिने वन्द बुधवार बेलुका ५ बजेपछि सकिने मोर्चाका दाङ जिल्ला संयोजक जनकुलाल चौधरीले फरककोणलाई जानकारी दिएका छन् ।हेर्नुहोस बन्दको क्रममा देखिएका दृश्यहरु