२०८३ जेष्ठ १८ गते सोमवार

भारतमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि,तीनजनाको मृत्यु

नयाँ दिल्ली ,पुस १० । भारतमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ।

संक्रमण दर बढेसँग मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ।

मंगलबार थपिएका नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या ४ हजार १७० पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३ जना कोरोनामुक्त भएका छन्।

यो अवधिमा कोरोनाको नयाँ भेरियन्ट  JN.1 को बिरामी भने फेला परेका छैनन्। तर, भारतमा नयाँ भेरियन्ट JN.1 तीव्र रुपमा फैलिरहेको बताइएको छ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *