२०८२ असार १ गते सोमवार

भारतमा बाढीपहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या २२ पुग्यो,झन्डै ४ लाख नागरिक प्रभावित

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ। झण्डै ४ लाख नागरिक प्रभावित भएका छन् ।

हिमाञ्चलसहित उडिसा र झारखण्डमा पनि बाढी–पहिरोले क्षति गरेको हो ।

वर्षा प्रभावित ती राज्यमा सडकमा समेत क्षति पुगेको र आपूर्ति व्यवस्था समेत रोकिएको बीबीसी हिन्दीले जनाएको छ ।

बाढीमा हराइरहेकाहरुको खोजी भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने प्रदेश सरकारलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *