
नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा राप्ति सेवा समाज न्युयोर्कले देउसी भैलो कार्यक्रम गर्ने भएको छ । समाजले यहि नोवेम्बर ३ तारिकका दिन देउसी भैलो कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा लोकदोहोरी गायक चन्द्र शर्मा, गायक जेबी ओली, गायक तिलक ओली, गायिका आशा पुन मगर र गायक दिपेन्द्र डाँगीको प्रस्तुति रहने छ ।
वरिष्ठ उपाध्यक्ष कृष्ण खडकाको नेतृत्वमा सोमबार बसेको बैठकले कार्यक्रम लाई सफल बनाउनलाइ विभिन्न उपसमिति गठन गरेको छ ।
वरिष्ठ उपाध्यक्ष कृष्ण खडकाको नेतृत्वमा कार्यक्रम ब्यवस्थापन रेखदेख तथा स्पोन्सर उपसमितिको सदस्यमा महासचिव बसन्त अधिकारी, सुमन सिहं र कार्यक्रम सन्चालनका लागि सचिव तुल्सीराम वली रहेका छन।
कलाकार ब्यबस्थापनमा चन्द्र ओली नेतृत्वमा कृष्ण रेउले, उमेश बस्नेत र डिनर ब्यबस्थापनमा तारा वलीको नेतृत्वमा जुद्ध केसी, युबराज देबकोटा र बिनय धिताल रहेका छन । त्यस्तै भैलोको लागी आवस्यक सामाग्री का लागी बिमला वलीको नेतृत्वमा भावना वली, रञ्जना बस्नेत र डि.जे का लागी चन्द्र वली,हल ब्यवस्थापनका लागी तारा वली रहेका छन।
टिकेट व्यवस्थापनका लागि महेन्द्र खड्कालाइ जिम्मेवारी दिनेगरि उपसमिति गठन गरिएको महासचिव बसन्त अधिकारीले जानकारी दिए ।