२०८२ माघ २५ गते आइतवार

अमेरिकाको बाल्टिमोरमा मखमली सांगीतिक साँझ हुँदै 

नेपालीहरुको दोस्रो महान चाड दीपावलीको अवसरमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुने भएको छ । 

कार्यक्रममा वरिष्ठ लोक दोहोरी गायिका डोलमाया गुरुङ, नृत्य निर्देशक तथा मोडल शंकर विसी, संगीत संयोजक तथा गायक कमल सौराग, गायिका मुना थापा, गायक मोडल सज्जन बोहोरा, गायक सङितकार अमृत रामदाम, गायीका सुमित्रा लामा, लोक दोहोरी गायक भीमसेन शाह, लोकदोहोरी गायिका गोमा गुरुङ, सङितकार सुजन रामदाम, नवनायिका मुस्कान गुरुङ र सङितकार राजेश खड्गीको समेत प्रस्तुति रहने भएको छ । 

कार्यक्रम यहि अक्टुबर २७ तारिखको साँझ ६ बजे देखि राती १२ बजेसम्म हुनेछ ।

साथै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मालाई विशेष स्वागत सम्मान गर्ने आयोजकले बताएको छ । त्यसैगरी दोहोरी गायक, म्याग्दी सामाजका संस्थापक अध्यक्ष पारसमणि श्रेष्ठको प्रत्यक्ष दोहोरी गायन तथा सम्मान कार्यक्रम रहने छ । 

लोकदोहोरी क्षेत्रकि अग्रज गायिका सिर्जना विरही थापाको संयोजन एवम् अग्रज गायक तथा सर्जक राजन ठकुरीको कलाकार संयोजनमा कार्यक्रम हुन लागेको हो ।  

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *