वैशाख ३१ । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य बढाएको छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो ।
निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजे देखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार