
दाङ, जेठ ९ ।
जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा आगामी तीन दिनसम्म तातो हावा चल्ने जानकारी दिएको छ ।
बिभागले शुक्रबार साँझ जारी गरेको तातो लहर (लु–सम्बन्धी विशेष बुलेटिनमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
बुलेटिनका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको उल्लेख छ ।
यी दुई प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।
बिभागले तालो लहर बाट लुम्बिनीका दाङ, बाँके, बर्दिया जस्ता जिल्ला बासीले सावधानी अपनाउन भनिएको छ ।
त्यस्तै सुदुरपश्चिमका कैलाली, कञ्चनपुर, डोटीका स्थानीयलाइ पनि सावधानी अपनाउन भनिएको छ ।
त्यस्तै अध्याबधिक गर्नुपर्ने जिल्लाहरुमा लुम्निीका पहाडी जिल्लाहरु रोल्पा, प्यूठान, पाल्पा, अर्घाखाँचीका साथै तराइका जिल्लाहरुमा कपिलबस्तु र रुपन्देहीलाई राखिएको छ ।
सुदुरपश्चिमका अछाम, बैतडी, डडेलधुरा र कर्णालीका सुर्खेत, सल्यान लगाएतका जिल्लालाई पनि सोही कोटीमा राखिएको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि जस्ता लक्षणहरु देखापर्न सक्ने हुँदा गर्मीबाट बच्न आग्रह गरेको छ ।
विभागले तातो लहरबाट बच्नका लागि बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न र चर्कौ घाममा बाहिर ननिस्किन, हल्का सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन सुझाएको छ । बिभागले पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन पनि सुझाव दिएको छ ।
