तुलसीपुर, चैत १२ । ठगी तथा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका ठेकेदार अनुप पाण्डे १४ दिनपछि शुक्रबार बेलुका छुटेका छन् ।
नेकपा एमाले घोराही उपमहानगरपालिका इञ्चार्ज तथा जिल्ला किमिटी सदस्य गेहेन्द्र बस्नेतले पाण्डे बिरुद्ध १ करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पाण्डेलाई काठमाडौंबाट प्रहरीले १४ दिन अगाडि पक्राउ गरेको थियो ।
पक्राउ पछि दाङमा ल्याएर प्रहरीले पाण्डेलाई थुनामा राख्दै आएको थियो । बैंकिङ कसुर तथा ठगी मुद्दामा जाहेरी दिने एमाले जिल्ला कमिटी सदस्य बस्नेतले आँफूले पाउनु पर्ने रकम पाएको जानकारीसहित फेरि निवेदन दिएपछि ठेकेदार पाण्डे छुटेका हुन ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले निबेदकले लेनदेनको हिसाब किताब मिलेको भनेर निबेदन दिएपछि उनी छुटेको बताए ।
प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार