दाङ, फागुन ११ । नेपालका निकै चलेका नायक पल शाह बिरुद्ध एक गायिकाले जवरजस्ती करणी मुद्दा हालेपछि फरार भएका छन् ।
१७ वर्षीया ती गायिकाकाको तर्फबाट बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर उनका अभिभावकले नायक शाह बिरुद्ध आँफुमाथि बिहे गर्ने प्रलोभवनमा पारी जबरजस्ती बलात्कार गरेको भन्दै जोहेरी दिएकी थिइन ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले ती गायिकाले प्रहरीमा आएर पल शाह (पूर्ण विक्रम शाह) को नाममा किटानी जाहेरी दिएको जानकारी दिए ।
नायक शाह बिरुद्ध जवरजस्ती करणी मुद्दा परेपछि नायक शाहको खोजी सुरु भएको प्रबक्ता खड्काले जानकारी दिए । ‘ हामीले शाहको खोजी गरिरहेका छौं,’ खड्काले भने ‘ अहिले सम्म उहाँ फरार रहेको कुरा खुलेको छ ।’ शाहलाई पक्राउ गर्नका लागि काठमाडौं प्रहरीसंग तहुँन प्रहरीले समन्वय गरेको र यो खवर तयार पार्दासम्म फेला नपरेको डिएसपी खड्काले बताए ।
शाहले माया प्रेमको जालमा फसाएर बलात्कार गरेको जोहरीमा उल्लेख छ । पोखरामा सुटिङबाट काठमाडौं फर्कने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।
यसअघि पोखरा स्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटक–पटक बलात्कार गरेको पीडित पक्षको तर्फबाट आरोप लगाइएको छ ।
नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन् ।
तनहुँमा जाहेरी परेका हुँदा पक्राउ पछि शाहलाई दमौली लगेर बयान लिने तयारी प्रहरीको छ ।