२०८३ साउन २२ गते शुक्रवार

मंसिर २३ गतेदेखि २९सम्म तुलसीपुरमा ‘प्रथम प्रादेशिक फेस्टिबल’ हुने

तुलसीपुर,मंसिर १५ ।तुलसीपुरमा ‘प्रथम प्रादेशिक फेस्टिबल’ हुने भएको छ । दाङको पयर्टकीय क्षेत्रको प्रवद्र्धनका लागि तुलसीपुर ६ बरुवागाउँमा मंसिर २३ गतेदेखि २९ गतेसम्म प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टीबल हुने भएको हो ।

मेला आयोजक चन्द्र सुर्य यातायात प्रालिले बुधवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि मेलामा प्याराग्लाइडिङको उडान गर्ने, अल्ट्रालाइट सञ्चालन गर्ने जानकारी दिएको हो ।
त्यस्तै लुम्बिनी प्रदेशमा भएका प्राकृतिक, धार्मिक सम्पदाको अवलोकन गराउने, जुडिबुटी, बनस्पति , बहुराष्ट्रिय कम्पनीबाट उत्पादित गाडीहरुको प्रर्दशन, बेचबिखन विभिन्न जातिय खानासहित विभिन्न सांगितिक कार्यक्रम गरिने फेस्टिबलका संयोजक शम्भु रेग्मीले जानकारी दिए ।

प्याराग्लाइडिङ, अल्ट्रालाईट एयर फ्लाईट , हट एयर बेलुनमार्फत दाङसहित लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गर्ने भनिएको मेलामा लुम्बिनी प्रदेशको पहिचान झल्कने वस्तुको प्रदर्शनी तथा बिक्रि गरिने भएको छ ।

त्यस्तै घरेलु उद्योगबाट उत्पादित वस्तु तथा स्थानीय हस्तकला काठ, बाँस एवं माटोबाट बनेका वस्तुको प्रदर्शनी तथा बिक्रि, कृषिजन्य वस्तुको प्रदर्शनी तथा बिक्रि, जडिबुटी प्रदर्शनी, विभिन्न आधुनिक उपकरणहरुको प्रदर्शनी तथा बिक्रि, अटो मोबाइल्स प्रदर्शनी हुने आयोजक चन्द्र सुर्य यातायात प्रालिका अध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मेलामा प्रदेश स्तरिय खुल्ला लोक दोहरी प्रतियोगिता पनि आयोजना गरिने भएको छ । प्रदेशका १२ वटै जिल्लामा रहेका प्रतिभाहरु त्यसमा सहभागिता हुने भएको छ ।

त्यस्तै प्रदेश स्तरिय साइकल प्रतियोगिता, प्रदेशस्तरिय एकल नृत्य प्रतियोगिता , लोक दोहरी लगाएतका प्रतियोगिता पनि हुने आयोजकले जनाएका छन् ।

उक्त प्रतियोगितामा बिजेता हुनेलाई विभिन्न पुरस्कार दिइने भएको छ । कोरोना भाइरस महामारीका कारण गत वर्ष देखि नै यो मेला गत बर्षदेखि नै गर्न खोजिएपनि स्थगित हुँदै आएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *