
दाङ, भदौ १० ।
भदौ १० गते बिहानको भोटेकोशी बाढीमा परेकी एक महिलाको शनिबार १० दिनपछि जीवितै उद्धार गरिएको छ । शनिबार नै एक जना चिनिया नागरिकको पनि जीवितै उद्धार गरिएको छ ।
नुवाकोटको बिदुर नगरपालिका– १० बेत्रावतीस्थित आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तल्लाबाट उनकी श्रीमती चन्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको हो ।
सशस्त्रका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका सशस्त्रका इन्स्पेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले चन्डिकालाई जीवितै उद्धार गरेको हो ।
चन्डिकालाई हेलकप्टरमार्फत उपचारका लागि काठमाडौं लैजाने तयारी भइ रहेको छ ।
त्यसअघि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट एक जना चिनिया नागरिकको नेपाली सेनाले जीवितै उद्धार गरेको थियो ।
प्रकाशित मिति : २०८३ भाद्र २० गते शनिवार
