२०८२ माघ २५ गते आइतवार

रुकुम पश्चिममा जिप दुर्घटनाका ७ मृतक मध्य ६ को पहिचान


दाङ, कात्तिक ८ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका – ७ लिस्नेमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृतक मध्य सात जना मध्य ६ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका – २ स्यालाकी ३० बर्षीया कमला वली, आठबिसकोट – २ का १६ बर्षीय टेकजंग बुढा, आठबिसकोट – १५की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ बर्षीया सर्मिला विक, २२ बर्षीया गोपाल वली छन् ।

मृतक एक जना महिलाको भने पहिचान खुल्न बाँकी छ ।
जिल्ला प्रहरी प्रबक्ता हरि पुनका अनुसार घाइते दश जनाको पनि परिचय खुली सकेको छैन ।


घाइते सबैलाई उद्धार गरि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरी निरीक्षक पुनले बताए ।


बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदी तर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबहाक जिप स्यालाखाँदी तर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी निरीक्षक पुनले बताए ।


बोलेरो जिप गाडी सडक बाट झन्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुली सकेको छैन ।

मृतक सबै तिहार मनाएर घर फर्किदै गरेकाहरु भएको अनुमान गरिएको छ । दुर्घटनाको कारण खुली सकेको छैन ।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *