दाङ, कात्तिक ७ । घोराहीबाट फेरि प्रहरीले नौं जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहागनरपालिका – ४ लक्ष्मीपुरमा जुवा भइ रहेको गोप्य सूचनाका आधारमा बिहीबार साढे ११ बजे राति पुगेको प्रहरीले ८७ हजार ९ सय ६७ रकमसहित नौं जनालाई प्रहरलिे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घर धनी ३७ बर्षे राजेश कुवर, ३२ का श्रीधर पाण्डे, ४१ का चिरण रिजाल, ४६ का बिष्णु महरा, ३० का युवराज रिजाल, ४४ का सुशिल पौडेल, ३९ का सरल पौडेल, २९ का आषिश रेग्मी, घोराही – १ का ४५ बर्षे निमानन्द पाण्डे रहेका छन् । जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले पक्राउ परेकाहरु माथि अनुसन्धान जारी रहेको बताए ।
प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार