२०८२ मङ्सिर २० गते शनिवार

अनि उनी हावामा मुक्का प्रहार गर्छन

दाङ,कात्तिक २९ । शरिरीक रुपमा फिट एण्ड फाइन हुन जो कोहीका लागि अति आवश्यक छ । ठिक्कको शारिरीक ब्यायामले मानिसलाई निरोगी रहन मद्दत गर्छ ।

निरोगी ब्यक्तिले आफ्ना हरेक काम ठिक ढंगले गर्न सक्छ । घर परिवार, समाज र देशका लागि योगदान दिन सक्छ । यही सोचले कोही संधै क्लवमा पुग्छन् र कोही मोनिङ वाकमा जान्छन् ।

अचम्मको कुरा के हो भने मैले हालसम्म आफ्नो होलबडी चेक अप गराएको छैन । आफ्नो स्वास्थ् यबारे सजग र सचेत कुनैपनि ब्यक्ति सायदै म जस्तो मुर्ख हुन्छन् ।


साँझ बिहान खेत बारीमा काम गर्ने वा श्रम गर्ने बाहेक अरुले दिनमा एक पटक ब्यायाम गर्नु पसिना बगाउनु राम्रो मानिन्छ ।
मनपरी खानु, ब्यायाम नगर्नु र सुविधा भोगी हुने हो भने भविश्यमा स्वास्थ्य समस्या झेल्नु पर्ने हुन सक्छ । पछिल्लो अध्यनले पनि अल्छि जीवन सैली र खान पिनका कारण नसर्ने रोगहरु बढ्दै गरेको तथ्याङ्कले बोल्छ ।


त्यसैले खासमा पहाडमा ट्रेकिङमा गइ म आँफुलाई परीक्षण गर्न चाहान्थे । आफ्ना भित्री महत्वपूर्ण अंगहरुको स्थिति जान्न चाहान्थे । परीक्षण गर्न चाहान्थे । स्वाँदे जिब्रो माछा मासु, चिल्लो पिरो खाइ रहने बानीले शरिरमा बोसो थेग्रिएर बसेको छ । बिभिन्न पशु पंक्षीका भुटुन वा कलेजा पाङ्ग्रा सितनका रुपमा दिन हुँ खानेहरुको संख्या बजारमा कमी छैन ।


थाहाँ छैन उनीहरुका आफ्नै भित्री अंग अर्थात कलेजा पाङ्ग्रा कस्तो अवस्थामा होलान ? पहाडको ट्रेकिङमा जाने हो भने त्यो अवश्य पत्ता लाग्ने छ । खास गरि पश्चिमा अर्थात यूरोपियन देशका मानिसहरु यस्ता ट्रेकिङका लागि नेपाल आइ रहन्छन् ।

६ महिना काम र ६ महिना भ्रमण गरेर वा डुलेर बिताउने उनीहरुको जीवन सैली मलाई रमाइलो लाग्छ । हामी नेपालीले अझैैंपनि समय ब्यबस्थापन गर्न वा उनीहरुले जस्तो आँफुलाई ब्यबस्थित गर्न जानेका छैनौं । यस्तै गफहरु प्राय हामी बीच भइ रहन्छन् ।

खासमा मोनिङ वाकमा । मिष्टर, प्रमोशनराज वलीलाई यस्ता कुराहरुमा खुबै रुची हुन्छ । जो मोनिङ वाकमा जीवन उपयोगी नयाँ नयाँ खोज र अनुसन्धानका कुरा सुनाइ रहन्छन् । चिसोले छोएको, रातिमा सामान्ने ज्वरो आएको दलिलहरु पेश गर्दा पनी बिहानै दौडिन कर लगाउँछन् । सानो तिनो रुघा खोकी र ज्वरो दौडिएर पचाउनु पर्छ भन्ने मान्नेता राख्छन् ।

कमर्सका बिद्यार्थी उनको स्वास्थ्य प्रतिको रुची गजबको लाग्छ । खाने कुरा र ब्यायामका नयाँ बिधी सुन्नासाथ कानहरु ठाडा पारि हाल्नछन् । नयाँ कुरा भनि रहँदा जिज्ञासु नजर म माथि बिच्छाउँछन् । भन्छन् – गफ त हैन नि । त्यस्तो बेला मैले आश्वास्त पार्नु पर्छ । तर, उनी नपत्याएको भावमा उनले टाउको कनाउँथे ।


चिसा रातहरु सुरु भइ सकेको बेला बिहानै बेड छोड्ने मन कस्लाई हुन्छ र ? सिरेटो चल्ने यामहरुमा बिहानै उठाउनेहरु मलाई पनि दुष्मन झैं लाग्छन् । प्रमोशनको बानी त्यस्तै छ । बिहानै उठ्न ताकेता गरि रहने ।


म थोरै बिसन्चो छु वा जाँगर देखाइन भने पनि उनी छाड्दैनन् । बढी सुत्नै दिदैनन् । आर्मी साशन लगाउँछन् । नउठ्दासम्म मोवाइलको रिङ बजाइ रहन्छन् । आँफु गेट बाहिर उभिएको । प्रतिक्षा गरि रहेको भनि रहन्छन् । त्यो जिद्दी बानी देख्दा कहिले त गएर भ्वाक्क हिर्काउँझैं लाग्छ ।

तर, बाहिर निस्कँदा त्यो रिस सक्थ्यो । कारण, उनी मिठो मुस्कानले स्वागत गर्थे । मेरो रिस माथि चिसो पानी खन्याइ दिन्थे । फुर्तिका साथ जकिङ गरि रहेका हुन्थे । भन्थे – मेरो त शरिर ताति सक्यो । अब पसिना आउन मात्रै बाँकी छ ।

बैंकका जागिरे उनी बिहान भर स्वास्थ्यका लागि समय छुट्याउनु पर्छ भन्छन् । त्यही भएर स्थानीय कलेजले बिहानको समयमा पढाउन बोलाउँदा पनि उनी गइ रहेका छ्रैनन् ।

बिहानदेखि बेलुकासम्म काम मात्रै गरि रहनु र ? के फेरि जीवन फर्केर आउँछ ? मैले यो जीवन एकै पटक बाँच्ने हो । पैंशा मात्रै सब थोक होइन । म प्याक अफ हर्ष म बन्दिन । जहाँ काम गरिन्छ त्यहाँ मेहनत गर्ने र रमाउने हो । यो भनि रहँदा उनी यथार्थ लाग्थे । सहमतिमा टाउको हल्लाइदिदा उनका खुसी क्षितिज बन्थे ।


भन्थे – तपाँइको पेटपनि पट्ट फूलेको छ । रोगको घर यही हो । तपाँइ जत्तिको हेन्सम ब्यक्ति पेट पालेर बस्ने ? यो बोसो घटाउनै पर्छ । नत्र भविश्यमा गाह्रो हुन्छ । साँझको खाना कम गर्नुस । जंकफुड सकेसम्म नखानुस । सिजनल फलफूल र साग सब्जी अनिवार्य मेनु बनाउनुस । बिहान नियमित ब्यायाम गर्नुस । फाइदा फाइदा छ ।

म उडाउने आशयले भन्थे ओ…डाक्टर साप । उनी नसुने झैं बाहाना गर्थे । र एकलास सडक पाउना साथ हावामा मुक्का बर्साउँथे । मुखमै फोकष्ड खाले ज्याब, क्रस बिजुली गतिमा हान्थे ।

जकर्स ज्याकेट लगाएको दिन थप उत्साहित लाग्थे । निमेष भरमै झ्याट– भ्mयाट मुक्का प्रहार गर्थे । त्यो आवाज शान्त वातावरणमा फैलिन्थ्यो । जो सुनेर आसपासका घरबाट कुकुरहरु भुक्थे । कौसी बाट दौडिएर सडक नियाल्न आइ पुग्थे ।

यर्थाथमा मन नलागी हिडिरहेको मलाई त पनि यसै गरि प्रहार गर भनेर नबोलेरै बोलिरहेका हुन्थे । रुची नदेखाउँदा भन्थे – यि मुक्काको प्रयोग कहिले र कहाँ गर्न पाइन्छ ? म मजाग हान्दिन्थे – यस्तो फितला प्रहारले माखै मर्दैन ।

उनी म तिर, शंकालु नजर फ्याँक्थे । थप जोसिएर मुक्का प्रहार गर्थे । भन्थे – कुन दिन म तपाँइलाई एक प्रहार मै राँगो ढालेर देखाइ दिन्छु । मैले ओठ लेब्याइ दिन्थे । उनी बाजी लगाउँ भन्दै हात अगाडि बढाउँथे ।


उनका गुरु कोही छैनन् । सो अभ्यास बाटै क्रस, ज्याक, अप्पर कट र हुक हान्न सिक्दै छन् । सामाजिक सञ्जाल उनको गुरु हो । कराँते वा तेक्वान्दोका केही हाइब्रिट किकपनि हान्छन् ।


बैंकको जागिर कम्ता कडा हुन्छ ? बिदेशमा बैंकमा काम गर्नेहरुलाई छोरी दिनसम्म मान्दैनन् । किन थाहाँ छ । उत्तर आँफै दिन्थे । परिवारलाई समय दिन सक्दैनन् भनेर । बैंकमा कम्ता कामको प्रेसर हुन्छ । कम्ता मेन्टल प्रेसर हुन्छ । तपाँइलाई जस्तो मस्ति मलाई छ र ?


म पनि के कम । आफ्नो कुरा उदिनि हाल्थे । थाहाँ छ,– पत्रकार घर पुग्दा जहिलै खाना चिसो हुन्छ र उस्की श्रीमति रिसले जहिलै तातो हुन्छिन। यर्थाथमा बैंकको जागिर सजिलो छ । पत्रकार चौबिसै घन्टा अलर्ट बस्नु पर्छ । दिन रात माइन्ड म्यापिङ गर्नु पर्छ । एउटा सक्रिय पत्रकारको बिदा कहिलै हुँदैन ।

उस्ले बिदा लिन मिल्दैन । कहिले मध्य राति पनि समाचार लेख्नु पर्छ । कहिले एका बिहानै । उस्को कर्मले नै देश दुनिया ब्यूँझाइ रहेको हुन्छ । मौन उनी बिस्तारै भन्थे । पत्रकारलाई गफमा कस्ले जित्न सकोस । गफै दिएर तपाँइहरु दुनियालाई भूलभुलैयामा पार्नु हुन्छ । म बोल्नै पथ्र्यौै । असल पत्रकार राज्य र नागरिक बीचका गतिसिल पुल हुन ।


बैंकर जस्तो सर्वसाधारणालई संझौताका लामा वाचा गरेर झुक्याउँदैनन् । भविश्यमा ब्याजदर र कर्जाको अवधि लम्बाएर दोब्बर पुर्‍याउँदैनन् । सियो बनेर पस्ने बैंकर हात्ती बनेर सर्वसाधारणका पसिनामा राँइदाँई गर्छन ।


त्यतिखेर तोप बनि सकेका हुन्थे । मिसाइल हान्थे । जेनजी आन्दोलनका क्रममा काठमाडौंको. ‘हिल्टन होटेल’ किन जल्यो ? के त्यो एउटा स्थापित पत्रकारको भर्मात्मक सूचनाको उपज हैन ? म खोक्दै नसुुने झैं नाटक गर्थे ।

केही अगाडि पुगेको मलाई बिस्तारै भेट्थे । त्यतिखेर मैले दाङकै ‘मालाइन होटेल’ र ‘कोमल रिसोर्ट’ जल्नुको कारण सोध्दै बचाउ गरेको थिए । के ती दुई होटेल बारे पत्रकारले कसैलाई जोडेर कुनै कुरा लेखेका थिए ?


उनी प्रतिउत्तर लगाउँथे । श्रीमान –त्यहाँ नेर होटेल संचालककै केही त्रुटी वा कमजोरी रह्यो कि ? आँफु शक्तिको अखडामा छु–भनेर आम सर्वसाधारणलाई देखाउन गरेको कुरा आम मान्छेले गलत बुझे कि ? त्यस्तै कुराहरुको जेलसको परिनाम हुन सक्छ । मलाई लाग्यो – थप सम्बाद लम्ब्याउनु उचित छैन । कहिले काँही हार पनि जित हुन्छ । तैपनि मैले सहजै स्वीकार गरि दिए – हरेक पेशाका सबै मानिस सत प्रतिसत सही हुदैनन् । उनले सही थपे । जेनजीको नाममा ज–जस्ले निर्जिब बस्तुहरु माथि आगो झोेसे, ब्यक्तिको गँडमा पेट्रोल छर्केर सलाई कोरे के आज उनीहरु निदाउन सकिरहेका होलान? त्यो बिहानको त्यो मोनिङ वाक लेमन टीमा टुँग्यिो । टी कप चेयर्स गर्दै हामी रमायौं ।

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *